सफारी दुर्घटनामा छ जना पर्यटक घाइते
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना पर्यटक घाइते भएका छन् । खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो ।
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
काठमाडौँबाट र्याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्त्वपूर्ण मज्जा अनुभव गर्नुभयो ।
अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो ।
मे महिनामा मात्र ९० हजार बढी पर्यटक नेपाल भित्रिए
नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।
‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनरताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
राज्यबाट उपेक्षामा परेको रारा ताल
सरकारले जारी गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटले रारा लाई उपेक्षा गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बजेटले राराको प्रवर्धनमा उपेक्षा गरेको गुनासो गर्नुभयो ।
विमानस्थल सञ्चालनबारे संसदीय समितिलाई जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावि कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ ।
हवाई टिकटमा भ्याट नहटेकामा पर्यटन व्यवसायीको गुनासो
नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । नाट्टाका अध्यक्ष रमेश थापाले चालु आवको बजेटमा व्यवस्था भएको विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट परिमार्जित नभए सरकारको महत्वाकाङ्क्षी लक्ष्य पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई यात्राका हिसाबले त्यसै पनि नेपाल एसियाको महँगो गन्तव्यको सूचीमा पर्दै आएको छ । यात्रुले यात्रा गर्नुपूर्व सबैभन्दा पहिले टिकट नै हेर्ने भएकाले महँगो हवाई शुल्कका कारण नेपाल आउन चाहेका यात्रुले गन्तव्य परिवर्तन गरिरहेका छन् ।”
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा
नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ ।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ ।
काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान० ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोहणमा कीर्तिमानै कीर्तिमान
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्याउने लक्ष्य
सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मगङ्गलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो ।
पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड विनियोजन
सरकारले पर्यटन पूर्वाधार विकासको लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्नुहुँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।
भोजपुरको एक मात्र गरस चिया उद्योग
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का स्थानीय ३५ वर्षीय रञ्जित गिरीले सञ्चालन गरेको जिल्लाकै पहिलो गरस चिया उद्योग तथा बगान । गिरीले रु दुई करोड ५० लाखको लगानीमा ८० रोपनी क्षेत्रमा चिया लगाउनुका साथै विसं २०७६ बाट उद्योग सञ्चालन गरेर चियाको प्रशोधन गर्दै आउनुभएको छ ।
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्। गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो ।
सगरमाथामा पूर्णिमाको नयाँ कीर्तिमान, एकै सिजनमा तीन पटक शिखरमा
फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । आरोहण एजेन्सी एट के एक्सपिडिसनका अनुसार उहाँले शनिबार बिहान ५ बजेर ५० मिनेटमा तेस्रो पटक सगरमाथाको आरोहण गर्नुभएको हो । एट के एक्सपिडिसनका व्यवस्थापक योगेन्द्र तामाङले भन्नुभयो, “सगरमाथा आरोहणका हिसाबले चौथो पटक चुचुरोमा पुग्नुभएकी श्रेष्ठले यो सिजनमा १३ दिनभित्र तीन पटक सगरमाथाको आरोहणको कीर्तिमान बनाउनुभएको छ । उहाँले यसअघि भारतीय महिलाले एकै सिजनमा दुई पटक चुचुरोमा पुगेको रेकर्डलाई तोड्नुभएको हो ।” वैशाख ३० गते सहयोगी फुरा टेम्बा शेर्पासहित पहिलो आरोहण गर्नुभएकी उहाँ जेठ ६ गते सहयोगी पासाङ शेर्पासहित दोस्रो पटक चुचुरोमा पुग्नुभएको उहाँले बताउनुभयो । त्यस्तै तेस्रो पटक सहयोगी कर्मा ग्याल्जी शेर्पासहित उहाँ चुचुरोमा पुग्नुभएको हो ।
‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवको रौनक
गत वर्षको ‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवमा तीन लिटर मात्र मह जम्मा भएकोमा खिन्न कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकका बासिन्दा यसपालि भने प्रशन्न छन् । उनले मङ्गलबार सुरु भएर शुक्रबार सकिएको लान्द्रुक हनी हन्टिङ महोत्सवमा १७ गोलाबाट १३० लिटर मह भिरौटेहरूले निकालेका छन् । महोत्सवका संयोजक विष्णुप्रसाद चपाई यसरी निकालिएको मह हातहातै बिक्री भएकोमा झनै उत्साहित हुनुहुन्छ । मोदीखोलामाथिको छङ्गाछुर कोसेटाङ भिरमा सिमसिम पानी र टन्टलापुर घाम दुवैको परवाह नगरी मह निकालिएको हो । चार दशकदेखि भिरौटे बन्दै आउनुभएका ६१ वर्षीय खड्गबहादुर गर्बुजामगर यसपालि पनि निगालोको चोया बाटेर बनाइएको डोरी (पराङ) को सहायतले भिरमा जानुभयो ।
पर्यटक आकर्षित गर्न सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेको सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार छ सय ३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
ढोरपाटनमा बढ्दै पर्यटक : १० महिनामै साढे चार करोड राजस्व सङ्कलन
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ ।
निलगिरि र अन्नपूर्ण हिमाल काग-भुषुण्डीको निवासस्थल
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग-भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।
सगरमाथा छिटो चढ्ने महिला बने फुन्जो
गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुग्नुभएको हो । अनुगमन कार्यालयका प्रमुख खेललाल गौतमले भन्नुभयो, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाउनुभएको छ । उहाँ आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।” उहाँ बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।