नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै
जुम्लाको तिला गाउँपालिका-९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि’
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
‘पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्नेमा जोड’
पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । आज पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवम् ‘युएसएआइडी टी एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।
पर्यटनमा भविष्य खोज्दै चौबिसे
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार राजारानी रबिराके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटक लोभ्याउँछ ।
मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ ।
भारतीय पर्यटक कोइलावासमा
दायाँबायाँ हरिया डाँडाका बिचमा उर्लंदै बगिरहेको कोइलाबास खोला उर्लँदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन ।
दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्छन्
सिजनका बेला पर्यटकले भरिभराउ हुने मनाङमा असार दोस्रो सातासम्म आइपुग्दा दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्ने गरेका छन् । पहिले पर्यटकका लागि अफसिजन मानिएको मनाङमा अहिले बाह्रै महिना पर्यटक देखिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ ।
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेको छ ।
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
गन्तव्य लाङटाङ
काठमाडौँ खाल्डोबाट मौसम खुल्दा टाढा देखिने हिमाललाई नजिकैबाट आँखाले स्पर्श गर्न पाउने सुनौलो अवसरलाई कसले पो अस्वीकार गर्न सक्थ्यो र ! हिमाल हेर्ने र प्रकृतिसँग मितेरी गाँस्दै पदयात्रा गर्ने त्यही उत्कट चाहनाले तानेर मलाई लाङटाङ भ्यालीको यात्रामा डो¥याएको थियो । यो सुनौलो अवसर जुराइदिएको थियो, मातृअरबिन्द माध्यमिक विद्यालय चन्द्रागिरि काठमाडौँले । विद्यार्थीलाई व्यावहारिक सिप, उत्पादनमुखी शिक्षामा जोड दिँदै देशको भूगोल, संस्कृति, प्रकृति चिनाउने
मनासलुमा दस हजार पर्यटक
गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनुसार उक्त अवधिमा नौ हजार ७६९ जनाले मनासलु क्षेत्र भ्रमण गरेका हुन् । मनासलु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिले बेनिघाट, आरुघाट र लार्के सडकले नयाँ ट्र्याकमार्ग खोल्ने क्रममा पर्यटक हिँड्ने पैदलमार्ग मासिएकाले नयाँ पदमार्ग निर्माणलगायत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्ष पछि मर्मत सँगै स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । २०७८ सालमा आएको विनाशकारी बुढी गण्डकीको बाढीले क्यान्टिलेर पुलमा क्षति पुर्याउदा त्यस पुलबाट ३ वर्ष सम्म आवतजावत नै बन्द भएको थियो ।
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
“घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका-११ को काहुडाँडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।
एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल’ भ्रमण वर्ष मनाइने
सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । आज पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिनुभयो
पर्यटकीय स्थलमा फोटो खिचेर आम्दानी
कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् ।
नुन बोक्ने मार्गलाई पर्यटन पदयात्रासँग जोड्ने प्रयास
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेश गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्ने उद्देश्यले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को प्रवर्धन र विकासमा जुटेको छ ।
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै वाग्द्वार
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रूपमा विकास हुन थालेको छ ।
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण
म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।
गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो
कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किँरातीले रत्न मन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ ।