हिमालको काखमा पहेँली बराह ताल
म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ ।
मनै लोभ्याउने गाईखुरे झरना
झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ ।
‘अन्नपूर्ण पदमार्गमा मौसमलाई ख्याल नगर्दा पर्यटकले ज्यान गुमाउँछन्’
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले आर्थिक वर्ष २०८०र८१ मा मात्रै यहाँ पाँच पर्यटकले ज्यान गुमाएको जानकारी दिनुभयो ।
बाँके निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि
बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।
भरतपुर भ्रमण वर्षको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान
भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।
पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जोकोहीलाई अर्को पटक आफैँ आऊँ आऊँ लाग्ने बताउनुभयो ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
एक्काइस प्रतिशतले बढ्यो पर्यटक आगमन
सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।
लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो
बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार-साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ ।
नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउँछौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ ।
हिमाल आरोहण गर्न रेकी समूह लिङखोलामा
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ ।
पर्यटकको औसत बसाइ बाह्र दिन
गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाइएको छ ।
नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ ।
श्रद्धालुको पर्खाइमा पार्वती गुफा
पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमाना रहेको पार्वती गुफा प्रचार अभावमा ओझेलमा रहेको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पती पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको हो ।
मिस माल्टा नेपाल भ्रमणमा
मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आउनु भएको छ । उहाँका साथमा केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि हुनुहुन्छ ।
विज्ञ भन्नुहुन्छ, ‘बाघ समृद्धिको आधार बन्न सक्छ’
नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघसँगको द्वन्द्व न्यूनीकरण गर्न विज्ञहरुले चासो व्यक्त गर्नुभएको छ । बाघको आक्रमणले मान्छे मर्न थालेपछि मानव र वन्यजन्तुबिचको द्वन्द्व कम गर्न बाघको बासस्थान सुधार, स्थानीय समुदायको बानी, व्यवहारमा परिवर्तन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन
कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।
सौर्य एयरलाइन्स दुर्घटनाले गरायो पोखरालाई पुनः कालो दिनको स्मरण
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११:११ बजे रनवे छाड्नासाथ दुर्घटना हुन पुग्यो ।
पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’
यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बिपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् ।
पर्यटन व्यवसायी पाण्डेको निधन
नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ ।
स्थानीयवासी ठूलोदुम्माको कन्यादह विस्कुट्ने क्षेत्रको संरक्षणमा जुट्दै
भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् । ऐतिहासिक क्षेत्र रहेकोले यहाँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले स्थानीयबासी स्वतःस्फूर्त संरक्षणमा जुटेका हुन् ।