चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।
एघार महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान
यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।
दियालो बङ्गला दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला
चितवनको भरतपुर १ आँपटारीस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला दरबार सङ्ग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
गोसाइँकुण्ड साहसिक पदमार्ग
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र ? हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र ? ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छ; जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन थालिहाल्यो । पहिलो यात्राको बखत भोगेको अनुभवले अलि कठिन यात्रा हो भन्ने लागिरहेको हुँदा बेला बेला दोमन भने भई नै रह्यो तर पनि त्यो यात्रामा देखेका कुनै कुनै यात्रीको अवस्था कुनै अलि बुढा, कोही अशक्त तर प
ओझेलमा धरानको गुराँसेडाँडा
धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका-२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन ।
नयाँ पर्यटन गन्तव्यका रुपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’
नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौँलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पर्यटक आगमनमा झन्डै तेइस प्रतिशतको बढोत्तरी
सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”
नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।
१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ ।
मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताउनुभएको छ ।
बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन ।
निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित
बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो ।
पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
संरक्षणको पर्खाइमा अजिरकोटको हात्ती सुडे गुफा
जिल्लाका पर्यटकीय स्थलहरूको सरोकारवालाले ध्यान दिन नसक्दा पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । गोरखाको पर्यटकीय गन्तव्यको रूपमा रहेको अजिरकोट गाउँपालिका–५ साउने गाउँमा रहेको हात्ती सुडे गुफा धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण भए पनि सरोकारवाला पक्षहरूले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो ।
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।
‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पाहुना भित्र्याउन सकेन’
पर्साको ठोरीमा गाउँपालिका-५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।
नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै
जुम्लाको तिला गाउँपालिका-९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि’
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
‘पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्नेमा जोड’
पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । आज पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवम् ‘युएसएआइडी टी एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।
पर्यटनमा भविष्य खोज्दै चौबिसे
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार राजारानी रबिराके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटक लोभ्याउँछ ।
मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ ।
भारतीय पर्यटक कोइलावासमा
दायाँबायाँ हरिया डाँडाका बिचमा उर्लंदै बगिरहेको कोइलाबास खोला उर्लँदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन ।