• १३ भदौ २०८१, बिहिबार

उड्डयन क्षेत्रका नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने विधेयक अर्थको स्वीकृति पछि कानुनमा पुग्यो

blog

काठमाडौँ, भदौ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको छ ।

नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमासेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यस अघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीपसाद पाण्डेले मन्त्रालय सम्हाले लगतै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनुभएको थियो । अर्थ मन्त्रालयको सहमतिसँगै  कानुन मन्त्रालयबाट सहमति पाए पछि  उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा पेस हुनेछ ।

यस विषयमा मन्त्री पाण्डेले पूर्व पर्यटनमन्त्रीहरु र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि माग्नु भएको थियो ।