पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
पहाडको चुचुरोमा रमाउँदै पर्यटक
बाँकेको नरैनापुर गाउँपालिका–५, वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए
सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
पहिरोले बाटो बगाएपछि पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।
पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार
वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभयो ।
विश्व रेकर्ड बनाउँदै सिसापाङमामा नेपालको झन्डा फहराउने गाइडहरू ....
विश्व रेकर्ड कायम गर्दै नेपाली शेर्पा आरोही र आरोही गाइडहरूले चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा नेपाली झन्डा फहराउन सफल भए । अन्तर्राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक दावा याङ्जुम शेर्पा सहितको टोलीले चुचुरोमा पुगेर बाजी मार्नुभयो ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
बन्दीपुरमा पर्यटकको चहलपहल
जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका
तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ
उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् ।
अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक
बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ ।
मर्दी हिमाल छेउमै राखियो पर्यटन व्यवसायीको शालिक
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदार सिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ ।
यस्ता छन् सरकारले खुला गरेका ५७ वटा हिमाल
मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
थप ५७ वटा हिमाल आरोहणका लागि खुला
मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
पुरानै लयमा पर्यटन क्षेत्र
प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।
दसैँ आयो घुम्न जाऔँला
‘दसैँ आयो, खाउँला पिउँला.....नयाँ लुगा लगाउँला’ भनेर औँला भाँचेर गाउने दिन गए । मिठो खाने र नयाँ लुगा लगाउनेको पर्यायवाची बनेको दसैँको परिभाषा फेरिएको छ ।
गन्तव्य ढोरपाटन
हिउँदमा दैलो बन्द गरेर छाडिएका घरहरू खुला छन् अहिले । कात्तिक/मङ्सिरदेखि माघ/फागुनसम्म मरेको सर्प जस्ता सुनसान बाटाघाटामा चहलपहल छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै पोखरी ताल
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय एवं धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाप बढ्दैगएको छ । अन्य समयमा प्रायः सुनसानजस्तो देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
‘हवाईयात्रा सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।
‘समृद्धिको मुख्य आधार धार्मिक पर्यटन’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्राथमिकता दिएको बताउनुभएको छ ।
चार वर्षयताकै सर्वाधिक पर्यटक
सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
मनाङमा एकै दिन दुई सय छयासी पर्यटक
पर्यटकीय याम सुरु भएसँगै मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गत सेप्टेम्बर महिनामा विभिन्न