आरोहण इतिहासमा नयाँ रेकर्ड, कामी रिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्नु भएको छ ।
पर्यटन प्रवर्द्धन गर्न महोत्सव
कञ्चनजङ्घाको जिल्ला भनेर चिनिँदै आएको ताप्लेजुङको पर्यटन प्रवर्द्धन तथा विकास गर्न महोत्सव आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकास गर्ने मुख्य उद्देश्यले पाँचदिने ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिएको हो ।
रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक
मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक ।
रारा पुगे दश महिनामा दश हजार पर्यटक
रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
जनकपुरधाममा तालिमप्राप्त गाइड विस्थापित, रिक्सा चालकले गाइड गर्दै
विगत लामो समयदेखि पर्यटक गाइडको रुपमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका-३ निवासी सुदर्शनलाल कर्ण भन्नुहुन्छ, “तीन दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मार्गदर्शन गर्दै आएको छु तर, जनकपुरधामा पर्यटक गाइडको व्यवस्थापन नहुँदा पर्यटकहरु ओझेलमा पर्नुका साथै गाइडहरु पेशा छाड्न बाध्य छन् । यस पेशाबाट गाइडहरु पलायनसमेत भएका छन् ।”
आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली
कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
चिनियाँ पर्यटक बढाउन कार्यक्रम
नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या बढाउन चीनमा पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल भित्रिने पर्यटकको दोस्रो ठुलो स्रोत बजारका रूपमा रहेको चीनमा कोरोना महामारीपछि पहिलो पटक पर्यटन प्रवर्धनको कार्यक्रम आयोजना गरिएको हो । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ मा चिनियाँ पर्यटकको सङ्ख्या बढे पनि पुरानै अवस्थामा फर्किन भने सकेको छैन । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक भित्र्याउन ग्वाङझाउमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल प्रवर्धन गरिएको छ ।”
असी देशका आरोही हिमालमा
नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा हुने हिमाल आरोहणका लागि गत चैत १४ गतेदखि अनुमति दिन सुरु गरेयता ९११ ले अनुमति लिएका हुन् । उहाँले भन्नुभयो, “अहिले विभिन्न हिमालमा जारी आरोहणका लागि अनुमति दिने क्रम करिब–करिब सकिएको छ । मे २९ तारिखसम्म सगरमाथाको अन्तिम आरोहण हुने मिति नजिकिएसँगै अब अनुमतिको प्रक्रियामा आउने आरोही घटेका छन् ।”
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।
निगमको सेवालाई थप चुस्त बनाउन पर्यटन मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
ताप्लेजुङमा पर्यटन महोत्सव सुरु
ताप्लेजुङमा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नाराका साथ सदरमुकाम फङ्लिङमा पर्यटन महोत्सव सुरु भएको हो ।
एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो ।
अन्नपुर्ण क्षेत्रमा एक लाख ७७ हजार पर्यटक
पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना [एक्याप]ले जनाएको छ ।
ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली शनिबार
नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसन (एनएमआरएफ) को आयोजनामा शनिबार ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली हुने भएको छ ।
तीन दशकअघिको मधेश चिनाउन 'कल्चरल भिलेज'
वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियान सक्रिय देवनारायण मण्डलले तीन दशकअघिको मधेश बुझाउन 'कल्चर भिले' सञ्चालन गर्नुभएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहामा यो भिलेज छ ।
३० करोड लागतमा निर्मित भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा
धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण सुरु गरिएको थियो ।
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् ।
२०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा
सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा
तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ ।
टाकुरा पर्यटन विकासमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा पर्यटकीय सम्भावना भएका स्थानीय स्रोत साधनको प्रयोग गरी तीनै तहको समन्वयमा टाकुरा पर्यटन विकास गरिने बताउनुभएको छ ।
गर्मी छल्न नरपानी
नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् ।
सत्तरी जना सगरमाथा शिखरमा
एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । उहाँले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “बाटो तयार भएसँगै चुचुरोतर्फ लागेका आरोहीमध्ये आइतबार बेलुकासम्म ७० आरोही र सहयोगीले चुचुरो टेकेका छन् । आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार मौसमले साथ दिएका कारण आधार शिविरमा रहेका आरोही उत्साही हुँदै चुचुरोतर्फ लाग्ने क्रम जारी छ ।”