रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।
जाऔँ हिँड रेसुङ्गा अभियान
ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्ने भएको छ ।
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोश्रो ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो ।
पर्वतीय सङ्ग्रहालयमा अन्ठानब्बे देशका पर्यटक
पर्यटनको राजधानी पोखरामा पाहुनाको मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठमन्दिर पर्छन् । पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्छ । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको सङ्ग्रहालयमा पछिल्लो आर्थिक वर्षमा ९८ देशका पर्यटक आएका छन् ।
नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
धार्मिक पर्यटनको केन्द्र बन्दै पनौती
पनौतीको इतिहासबिना नेपाल मण्डलको इतिहास अधुरो हुन्छ । नेपाल मण्डलको धार्मिक–सांस्कृतिक जीवनका ढुकढुकी पनौतीका जात्रापर्वमा पनि चल्छन् । नेपाल मण्डलका जात्रापर्वका श्वास पनौतीमा चल्छन् ।
धार्मिक स्थल इच्छाकामना
एक पटक पुग्नैपर्ने धार्मिक एवं प्राकृतिक पर्यटनस्थल हो– इच्छाकामना मन्दिर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–२, चिसोपानीस्थित इच्छाकामना मन्दिर एकदम आकर्षक एवं सुन्दर देखिन्छ । यहाँ धार्मिक पर्यटनका साथै प्राकृतिक सौन्दर्य अवलोकनका लागि पनि निकै राम्रो स्थल रहेको छ । धेरै अग्लो स्थानमा र
बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि
रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि पछिल्लो समय बाक्लिएको छ । बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयको कुनै तथ्याङ्क नराखिएकाले यति भारतीय नेपालमा आए भन्न सकिँदैन तर पछिल्लो तीन महिनामा ५० हजारभन्दा बढी भारतीय यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको अनुमान छ ।
पर्यटकीय स्थल डहरे र अन्धाअन्धी दहको प्रवर्धन
अर्जुन चौपारी गाउँपािलका –५ मा रहेको धार्मिक पर्यटकीय स्थल डहरे देउराली र आँधीखोाला –२ मा रहेको अन्धाअन्धी दहको प्रवर्धनमा कास्केली अधिकृत समाज जुटेको छ ।
भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ । भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो । चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।
एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै
पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो ।
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ ।
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
पर्यटकको रोजाइमा शैलुङको मिनी ग्रेटवाल
दोलखाको शैलुङमा निर्माणाधीन अवस्थामा रहेको शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ ।
आत्मनिर्भर बन्ने प्रयासमा चामे गाउँपालिका
मनाङको मुख्य केन्द्रका रुपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
हिमाल आरोहण गर्दै सन्ताउन्न देशका आरोही
वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् ।
मनाङमा विदेशी पर्यटक बढे
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसरह नगरपालिका–७ मनाङे चौताराबाट सुरु हुने मनाङ यात्रामा वर्ष २०८० मा २१ हजार ४ सय ९५ पर्यटक मनाङ भित्रिएका छन् । कोभिडपछि मनाङमा पर्यटकको आगमन बढ्दै गएको छ ।
सौराहामा रात्रिकालीन सेवा नदिन आग्रह
काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा चर्चा सुरु भएको छ । तर, व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने उहाँहरूको अनुभव छ ।
मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासो गाउँपालिका-७ भिमताङबाट उनीहरूको उद्धार गरिएको हो ।
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।