ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।
इलाममा अन्तु पर्यटन महोत्सव
अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
नयाँ वर्षका लागि होटल बुकिङ उत्साहजनक
नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै राजधानी काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो ।
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’
पर्यटकलाई आफू पुग्ने पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ ।
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउनुहुन्छ ।
सुके पोखरी क्षेत्रमा ढकमक्क फुले लालीगुराँस (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका-१४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।
हवाई टिकटमा भ्याट हटाउन माग
हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसङ्घले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।
पर्यटन राजधानीमा ‘सावर बञ्जी’
पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रूपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।
शव खोज्न सगरमाथातर्फ सैनिक
सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ । साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा बेपत्ता भएका नागरिकको शवको खोजी गरी नेपालीको भए गृह मन्त्रालयमार्फत आफन्तलाई र विदेशी नागरिक भए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले झन्डै ५० दिनको अवधिमा कम्तीमा पाँच वटा शव खोजेर ल्याउने उद्देश्यका साथ सैनिक टोली खटाउन लागिएको जानकारी दिनुभयो । फेला परेको शव स्थानीय भएमा सम्बन्धित निकायलाई बुझाउने र पहिचान नभएका शव सेनाले काठमाडौँ ल्याई गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।
पर्यटकीय गन्तव्यको पहिचान हुँदै
नेपाल एशोसिएशन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर आइपुुगेको छ ।
चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी
नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरी परेका छन् ।
आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धन आवश्यक
बर्दीबासमा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना हुँदाहुँदै यसको पहिचान र प्रवर्द्धन गर्न नसक्दा यहाँको बजार व्यवसायले अपेक्षित गति लिन नसकेको व्यवसायीहरुले जनाएका छन् । यसका लागि योजनावद्ध कार्यक्रम तर्जुमाका साथै पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले बजेटमै व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गर्नु भएको हो ।
पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पार्नुभयो ।
राजधानी भित्रने पर्यटकको तथ्याङ्क छैन
पर्यटकीय राजधानी पोखरा भित्रिने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन ।
आन्तरिक पर्यटकको आकर्षण बन्दै रानीतलाउका माछा
नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।
म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड
वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीबिरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।