• १२ साउन २०८१, शनिबार

टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

blog

काठमाडौँ, जेठ १ गते । तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ ।

मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले पहाडी भूभागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताउनुभयो ।

उहाँले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले ग्रेट हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो । उहाँले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने बताउनुभयो ।