परम्परागत प्रविधि लोपोन्मुख
प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो ।
आवासको रकम वितरणमा ढिलासुस्ती
भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् ।
कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै
कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।
जाडोमा निःशुल्क कपडा बैङ्क
‘न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ । माघ १ गते बैतडी सदरमुकाममा खुलेको कपडा बैङ्कबाट पाँच दिनको अवधिमा ३५ जना गरिब र अति विपन्नले निःशुल्क रूपमा न्यानो कपडा लिएका छन् । माया घर नेपाल र बैतडीका स्थानीय युवाको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि आमाबुवा नभएका सहाराविहीन बालबालिका, गरिब, विपन्न तथा एकल महिलालाई कम्बल, ज्याकेट, स्वेटर, टोपीलगायत न्यानो लुगा वितरण गरिएको छ ।
चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई
भरतपुरका एक दम्पतीले आफ्नो चौरासी वर्ष पुगेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–२ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौशल्या पौडेलले चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको रकम तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो । भरतपुरमा परिवार तथा आफन्तहरू सहभागी एक कार्यक्रममा सहयोग बराबरको राष्ट्रिय वाणिज्य बैङ्कको चेक उहाँहरूले केन्द्रका सञ्चालक समितिका सदस्य एवं लेखाअधिकृत हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो ।
पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन सकेनन्
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन
काठेपुल तरेको शुल्क पचास रुपियाँ
कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् । पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ ।
हराएका दुई भैरव मास्क नेपाल ल्याइयो
दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ । २०५० फागुन २२ गते र २०५१ फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको लालीगुराँस क्लब दोलखाका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
ठिकठाक ‘हनुमान’
दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न बजारमा थुप्रै चलचित्र आउने गरेका हुन्छन् । कति चलचित्र कथावस्तुका कारण धेरैले हेर्न रुचाउँछन् भने कतिपय चलचित्र गीत, सङ्गीत तथा छायाङ्कन गरिएको स्थलले पनि दर्शकको आँखामा पर्ने गरेका हुन्छन् । पछिल्ला दिनमा चलचित्र ‘हनुमान’ ले पनि चर्चा बटुलिरहेको छ । यसले चर्चा बटुल्नुको कारण चलचित्रको कथा, संवाद र सङ्गीत हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
झन् झन् फस्टाउँदै अनौपचारिक अर्थतन्त्र
नीतिगत अस्थिरता र अस्थिर सरकारका कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्र झन् विस्तार हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्रलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्ने चर्चाका बिच यो क्षेत्र झन् फस्टाएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार’ सम्बन्धी अध्ययन प्रतिवेदनले नीतिगत अस्थिरता र अनौपचारिक अर्थतन्त्रको सोझो सम्बन्ध देखाएको हो ।
उपत्यकाको सुरक्षामा प्रश्न
काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।
फरार प्रतिवादी २० वर्षपछि पक्राउ
इलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा संखुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।
नेपालगन्जमा २५ वर्षपछि सुरु भयो राष्ट्रिय ब्याडमिन्टन
नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा बिहीबारदेखि प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २ सय ५० जना खेलाडीहरूले सहभागिता जनाउनु भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।
गण्डकीमा सत्ता गठबन्धनका तीन उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेशबाट अन्यबाट किरणबाबु श्रेष्ठ, महिलाबाट मनरुपा शर्मा र अपाङ्गता तथा अल्पसङ्ख्यकबाट पदम परियार निर्वाचित हुनुभएको हो ।
क्रिकेटर दीपेन्द्र ब्रान्ड एम्बेसडर नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो ।
सेती अस्पतालसँग सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरी उहाँहरू विजयी हुनुभएको हो ।
मृगको मासुसहित एक पक्राउ
घरमा मृगका मासु र विभिन्न सामग्रीसहित एक जनालाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलसेन नगरपालिका –१२ ठाँटीका ३१ वर्षीय टङ्कबहादुर शाहीलाई बिहीबार घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।
एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने
बागमती प्रदेशमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । बागमती प्रदेशको मन्त्री परिषद् बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको हो ।
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।