दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज
सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुव्रmबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गर्नुभयो। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।
प्रधानमन्त्रीको निर्देशनः ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
सुशासनका लागि चुनौतीको सामना गर्न तयार छु : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतिको सामना गर्न आफू तयार रहेको बताउनुभएको छ ।
सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : मन्त्री शर्मा
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तर्क्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गर्नुभयो ।
लम्पी स्किनको सङ्क्रमण घट्दै : सात लाख डोज खोप आयात
पछिल्लो समय गाईभैंसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।
श्रीमतीको हत्या गरेर पीताम्बरले गरे आत्महत्या
इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बेरोजगारी सङ्ख्या तीन लाखमा झार्ने योजना
राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना प्रस्तुत गरेको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत गरेको हो । समितिले हाल नेपालमा करिब नौ लाख बेरोजगार रहेकामा २०८६ सालसम्म यो दरलाई घटाएर तीन लाखमा झार्ने भनेको छ ।
प्रधानमन्त्रीसँग वीरसिंहको भलाकुसारी : छोराको उपचारभन्दा देशको चिन्ता
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।