शाह वंशको कुल मन्दिरमा महिलाले मात्रै पाउँछन् प्रवेश
स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पहिलेदेखि चलिआएको कुनै चलन पनि परिवर्तन भएको छैन। पूजा व्यवस्थापन समितिले कुनै पनि नियम परिवर्तन नभएको जनाएको हो। आलमदेवी मन्दिर सबै महिलाका लागि पनि खुला रहेको भन्ने समाचार बाहिर आएपछि पूजा व्यवस्थापन समितिले यस्तो जानकारी गराएको हो। समितिका अध्यक्ष पृथ थापाले भन्नुभयो, “मन्दिरमा पहिलेदेखिको चलन र नियममा कुनै परिवर्तन गरिएको छैन।” शाह वंशीय महिलाहरू भने मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने चलन रहेको थापाले बताउनुभयो। शाह वंशीय कुलदेवीको मन्दिर आफूहरूले संरक्षण गरिदिएको हो। यो उहाँहरूकै इतिहास हो। त्यसैले सबै महिलाले मन्दिरमा प्रवेश पाउँदैनन्। पहिलेदेखि नै यस्तो प्रचलन रहेको छ। त्यो अहिले पनि कायम रहेको र यसमा परिवर्तन नभएको उहाँको भनाइ छ।
सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भीड
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
पञ्चेश्वरको डिपिआर तीन महिनाभित्र बन्ने
पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तीन महिनामा टुङ्ग्याउने सहमति भएको छ । २८ वर्षअघि नेपाल र भारतबिच सम्पन्न महाकाली सन्धिले खाका कोरेकोे डिपिआर अबको तीन महिनामा टुङ्ग्याउन नेपाल र भारतका ऊर्जा सचिवहरूबिच सहमति जुटेको हो ।
आधा बनिसक्यो ‘फ्लाइओभर’
बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमे बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
चुरे चहार्दै जनकपुरधामका प्रमुख
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ। मङ्गलबार उहाँ चुरे क्षेत्र जलाद खोलाको सिरान भेटिनु भयो। त्यसअघि प्रमुख साह तीन पटक चुरे तथा नदी प्रणाली विज्ञ टोलीसहित धनुषा, महोत्तरी र सिराहा जिल्लाको चुरे तथा भावर क्षेत्रको अवलोकन गर्नुभएको थियो।
आयातित वस्तुमा आयातकर्ताको विवरण अनिवार्य
आगामी साउन १ गतेदेखि तयारी मालवस्तु आयात तथा बिक्री वितरण गर्ने दुवैले मालवस्तुको प्याकिङमा लेबल अनिवार्य लगाउनुपर्ने भएको छ । आर्थिक ऐन, २०८० मा भएको व्यवस्था अनुरूप भन्सार विभागले त्यस्तो विवरण अनिवार्य गरेको हो । विभागका अनुसार साउन १ गतेपछि आयात हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना/वेबसाइट र आयात निर्यात (एक्जिम) कोड अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।
निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित
मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलाग्दी शुल्क लिँदै आएका छन् ।