• १२ साउन २०८१, शनिबार

कमलले सजिएको ताल (फोटो फिचर)

blog

कपिलवस्तुको बुड्ढी तालमा फुलेको कमल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ ५ गते । बुद्धभूमि नगरपालिकाले पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सुरु गरेको बुड्ढी ताल कमल फुलेर घुम्न लायक बनेको छ। नगरपालिकाको वडा नम्बर ४ मा रहेको ताल अहिले कमलका बोटले भरिभराउ छ ।

हरियो पात, पातमाथि उठेर फुलेका कमल देख्दा ताल मनमोहक देखिएको छ । बुड्ढी तालको पूर्वी र पश्चिमी खण्डमा रहेका पोखरी कमलले ढाकिएको वडा नम्बर ४ का वडा अध्यक्ष सुशील चौधरीले बताउनु हुन्छ । यो तालमा सुक्खा मौसममा पनि पानी रहने हुँदा जल आश्रित पन्छीको चहलपहल देख्न सकिन्छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु बुद्धभूमि नगरपालिका हनुमान चोकबाट १ किलो मिटर दक्षिणमा बुड्ढी ताल अवस्थित रहेको छ । थारु बस्तीको बिचमा रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न, थारु सङ्ग्रहालय, पार्क, ताल सौन्दर्यीकरणका काम समेत भइरहेको छ ।