अभ्यासमा स्थानीय सरकार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत राज्यको पुनर्संरचना भई नयाँ स्वरूपमा तीन तहका सरकार सञ्चालन भएको करिब एक दशक हुन लागेको छ । स्रोतलाई विकेन्द्रित गरी जिल्ला विकास समितिमार्फत विकासको अभ्यास गरिएको पुरानो संरचनालाई विस्थापन गरी अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत वित्तीय स्वायत्तताका साथ स्थानीय तहहरूलाई अधिकार सम्पन्न तुल्याइएको छ । स्थानीय तहको शासन, विकास र सेवा प्रवाहका तमाम विषयहरूलाई सम्बोधन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सम्पूर्ण पक्षहरूलाई समेट्न सकेको छैन । यसर्थ आधा दशकभन्दा बढी अभ्यासको अनुभवको आधारमा यसको परिमार्जन गर्ने काम अघि बढेको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
मंगलबारबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मंगलबार दिउँसो अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइएको हो ।
सङ्घीय प्रणालीका आधारमा बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव
सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ ।
अदालतमा भर्चुअल माध्यमबाट बहसको व्यवस्था गर्न निर्देशन
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले मुद्दा मामिलामा अदालतमा हुने बहसलाई भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
'समृद्ध नेपाल सुखी नेपाली' बनाउने अभियानमा एकताबद्ध भएर लाग्न निर्देशन
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
साहित्यकार प्रकट पंगेनीको निधन
नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
कैलाश मानसरोवर जाने पर्यटक नेपालगन्ज पुग्ने क्रम बढ्यो
नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउनेक्रम बढेको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् ।
इजरायल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द
इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।
खेलकुद मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर
डोल्पा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको अरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यातायात महासंघ सिण्डिकेटको पक्षमा छैन : अध्यक्ष स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताउनुभएको छ । महासंघका अध्यक्ष स्वाँरले मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास नहुने
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ ।
समानुपातिक प्रतिनिधित्व र सुशासन
एक्काइसौँ शताब्दीको उत्कृष्ट शासन व्यवस्था हो– लोकतन्त्र; जसलाई जीवन्तता प्रदान गर्ने कार्य आवधिक निर्वाचनले गर्दछ । गोप्य मतदानबाट जनताले आफ्नो मन परेको प्रतिनिधि छान्न पाउने अधिकार हो यो । यसले जनप्रतिनिधिलाई निश्चित समयपश्चात् मन परे नवीकरण गर्दछ, मन नपरे जनताको इच्छा अनुसार नयाँ अनुहार निर्वाचित गर्दछ । यसलाई औपचारिक रूपमा समूह निर्णय निर्माणका रूपमा पनि लिइने गरिन्छ । जनताको अभिमत बुझ्ने लोकतान्त्रिक विधि तथा पद्धति पनि हो यो । यसलाई जनताको सर्वोच्चताको प्रतीकको कडीका रूपमा पनि लिइने गरिन्छ ।
कसरी घटाउने सडक दुर्घटना
नेपालमा हुने सडक दुर्घटनाको डरलाग्दो विवरण सार्वजनिक हुन थालेको छ । राष्ट्रिय दैनिकमा उल्लेख गरिएको विवरण अनुसार नेपालमा दैनिक सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको, दैनिक सरदार ६५ वटा सवारी दुर्घटना हुने गरेको, प्रतिदिन ८३ जना कुनै न कुनै किसिमको घाइते हुने गरेको पाइयो । यो विवरण नेपालमा सडक यातायात नागरिकको मृत्यु हुनुको प्रमुख कारण रहेको र ती दुर्घटनाले दुर्घटनामा परेकाको परिवारमा कतिसम्म सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर पारेको होला बताउन काफी छ ।
विकासको जनमैत्री मोडेल
सबल पक्षबाट सुरु गरेर उनीहरूकै सहभागितामा सम्भावनाको प्रयोग गर्ने र परिआउने व्यवधानसँग मुकाबिला गर्ने, परिणाम निकाल्ने र गरेका कामको स्वामित्व लिने गरी सार्वजनिक काम हुन सक्छन् । उदाहरणका लागि सडक बालबालिका विद्यालयमा फर्केर सामान्य रूपमा पढ्नलेख्न नमान्न सक्छन् तर उनीहरूलाई सिप पनि सिक्ने र आय आर्जन पनि हुने खालको इकोनोमिक हब वा उत्पादन हबको सदस्यका रूपमा वतावरण सिर्जना भने गर्न सकिन्छ । त्यसै गरी सिँचाइसम्बन्धी समस्या समाधानका लागि परम्परागत कुलो वा नहर व्यवस्थापन गर्ने समितिसँग संवाद गर्न सकिन्छ । विद्यालयमा रहेका समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्वयम् विद्यार्थीसँग संवाद गर्न सकिन्छ ।
प्रधानमन्त्रीमा समृद्धिको हुटहुटी
आफू पदमा नियुक्त भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रकट प्रतिबद्धता र सरकारका उच्च पदाधिकारीलाई दिइएका निर्देशनले प्रधानमन्त्रीमा विकास र सुशासनका लागि विगतभन्दा फरक र ठोस तवरमा काम गर्न चाहेको स्पष्ट सङ्केत देखिएको छ । यही कारण प्रधानमन्त्रीबाट विकास र सेवा प्रवाहका कामको नियमित फलोअप गर्ने र सरकारी पदाधिकारीलाई कार्यान्वयनमा तीव्रता ल्याउन उत्प्रेरित गर्ने काम भइरहेको पाइन्छ । तथापि आफ्नो हुटहुटीबमोजिम प्रगति हासिल नहुँदा प्रधानमन्त्रीमा छटपटी पनि त्यत्तिकै देखिने गरेको छ ।
विषादी प्रयोगले मानवीय सङ्कट
कृषिमा रासायनिक र विषादी प्रयोगले मानवको अस्तित्वमाथि नै सङ्कट आउने अवस्थाको सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाएका छन् । खाद्यका लागि कृषि अभियानले ‘जैविक कृषिको मार्गचित्र’ बारे आयोजना गरेको कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताले सो धारणा राखेका छन् । भारतका लेखक एवं वातावरण अभियन्ता भरत मन्सटाले विगत पाँच दशकदेखि सुरु भएको रासायन र विषादीको दौडले मानव अस्तित्व माथि प्रश्न उठेको बताउँदै उहाँले विकसित भएको एकल बाली खेती प्रणालीले निम्ताएको जैविक विविधताको ह्रास माथि चिन्ता व्यक्त गर्नुभयो । अभियन्ता मन्सन्टाले हजारौँ खानयोग्य बाली भएको क्षेत्रमा केही बाली मात्रको प्रोत्साहन र खेतीले खाद्य सङ्कट झनै बढाउँदै लगेको बताउनुभयो ।
आठ जना भारतीयविरुद्ध मुद्दा
अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
कोरिडोरले फेरियो जीवनशैली
नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकिममगर चार वर्षअघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा हुनुहुन्थ्यो । भिसा पनि आइसकेको थियो तर त्यहाँ रहेका नेपालीले पाएका दुःख, पीडा र सास्तीका समाचार सामाजिक सञ्जालमा देखेपछि अन्तिम समयमा उहाँको विदेश जाने मन फेरियो ।
स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ ।
मुख्यमन्त्री यादवको एक वर्ष तीन महिना : चौथो पटक विश्वासको मत लिने
मधेश प्रदेश सरकारको नेतृत्व अर्थात् मुख्यमन्त्रीको पदभार सम्हाल्नु भएको सरोजकुमार यादवको कार्यविधि एक वर्ष तीन महिना छ दिन मात्र भएको छ ।
सेती खोँचबाट निकालियो युवकको शव
सेती नदिको खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ । यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर गहिराइमा ढुङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो बाहिर निकालेको हो ।