• १० मंसिर २०८१, सोमबार

पर्यटन विकासमा मधेश

blog

कुल गार्हस्थ उत्पादनमा झन्डै तीन प्रतिशतभन्दा बढी योगदान प्रदान गर्ने पर्यटन उद्योग नेपालका लागि महत्वपूर्ण लाभप्रद क्षेत्र हो । जसमा एक रुपियाँ लगानी गरेर पचास–साठी रुपियाँ आर्जन गर्न सकिन्छ । हाल यस क्षेत्रबाट यहाँको आर्थिक रूपले सक्रिय जनशक्तिको झन्डै २० प्रतिशतलाई रोजगारी प्राप्त भएको अनुमान छ । 

भौगोलिक बनोट एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उपलब्धताको कारण नेपालमा पर्यटन विकासका लागि केही सम्भावना छन् । उदाहरणका लागि यहाँको भूबनोट ६० देखि आठ हजार आठ सय मिटरसम्मको उचाइमा फैलिएकाले यहाँ प्रत्येक १० किलोमिटरको अन्तरालमा फरक हावापानी पाइन्छ । जसले धेरै पर्यटक आकर्षित गर्न सक्छ । 

भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा चिनिने नेपाल विश्वमा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । करिब एक सय २५ जातजाति बसोबास गर्ने यस देशमा एक सय २३ भाषा बोलिन्छन् । जसको कारण यहाँ प्रत्येक वर्ष केही पर्यटक यसैको अध्ययन, अनुसन्धानका लागि यहाँ आउँछन् । 

निःसन्देह प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालमा पर्यटन उद्योगका केही सम्भावना छन् । परन्तु, हालसम्म पनि यो देशलाई विश्वसामु राम्ररी चिनाउन नसकेकाले यहाँको पर्यटन उद्योगको ठोस विकास गर्न सकिएको छैन । 

नेपालको पर्यटन उद्योग हिमाल र पहाडमा केन्द्रित भएकाले मधेश प्रदेशको प्राथमिकतामा नपरेको हुन सक्छ । किन्तु, यहाँ पर्यटन उद्योगको सम्भावना नभएको होइन । भारतसँगको खुला सिमाना र भौगोलिक सुगमता मधेशमा पर्यटन समृद्धिको आधार बन्न सक्छ । हालसम्म पनि सङ्घ तथा प्रदेश दुवै सरकारले मधेशको पर्यटन विकासलाई प्राथमिकतामा राखेको छैन । 

मधेश प्रदेशको आठै जिल्ला छिमेकी राष्ट्र भारतको धेरै जनसङ्ख्या भएको विहार राज्यसँग जोडिएका छन् । भारतकै उत्तर प्रदेश र पश्चिम बङ्गाल राज्यसँग पनि सहज आवागमन भएकाले यी भारतीय राज्य नेपालको पर्यटन बजारका सम्भावना पनि हुन् । भविष्यमा यसको लाभ मधेशले भारतीय पर्यटकबाट प्रत्यक्ष लिन सक्छ । 

मधेशमा अधिकांश पर्यटक भारतबाट भित्रिन्छन् । हालसम्म पनि उनीहरूको आकर्षणका लागि सिमानामा राम्रो व्यवस्था गरिएको छैन । नेपालमा आएर बढी खर्च गर्नेमा भारतीय पर्यटक पहिलो स्थानमा पर्छन् । त्यसैले, उनीहरूबाट बढी फाइदा लिन छुट्टै पर्यटन नीति निर्माण गर्न आवश्यक छ । जसका लागि सम्बन्धित पक्षको यथाशीघ्र ध्यानाकृष्ट हुनु पर्छ । 

मधेशमा पर्यटन विकासका लागि यहाँ विद्यमान पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गर्न आवश्यक छ । उदाहरणका लागि वीरगन्जको शङ्कराचार्य द्वार, गध्वामाई, घण्टाघर, विन्ध्यवासिनी, पर्सा निकुञ्ज, बाराको गहवामाई, सिम्रौनगढ, धनुषाको जनकपुर आदिको व्यापक प्रचारप्रसार गर्न सकियो भने मधेशको पर्यटन उद्योगको विकास भई देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छ । धार्मिक स्थल जनकपुरलाई रामायण सञ्जालसँग जोड्ने घोषणा भए पनि यसलाई मूर्त रूप दिन सकिएको छैन । 

यसका लागि एकतर्फ प्रदेश र स्थानीय सरकारबिच सहकार्य हुन आवश्यक छ भने होटेल र पर्यटन व्यवसायीबिच समन्वय हुन पनि उत्तिकै जरुरी छ । 

नेपाल पर्यटन बोर्डद्वारा प्रकाशित तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि उक्त वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका थिए । यद्यपि, मधेश प्रदेशमा कति पर्यटक कहाँबाट आए त्यसको लेखाजोखा हुन सकेको छैन । उक्त बोर्डको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रका प्रभावकारी बजारीकरणका लागि नयाँ रणनीतिक योजना बनाउने तयारी भएकाले आगामी वर्षमा यहाँ पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छ । मधेश प्रदेशमा पनि उक्त योजना बनाई कार्यान्वयन गर्न सकेमा धेरै फाइदा लिन सकिन्छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु परेको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटक नेपाल आउँछन् । पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि यहाँ आउने पर्यटकको सङ्ख्या केही बढ्ने छ । यति मात्र नभई हाल यहाँ ठुला तारे होटल खोल्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण अभिवृद्धि भई पर्यटक आगमन पनि बढ्ने आशा छ । 

नेपालमा आर्थिक वर्ष २०७९/८० को सुरुदेखि नै पर्यटकको आगमनमा सुधार हुन थाल्यो । किनभने कोभिड–१९ को असर कम भएपछि अन्तर्राष्ट्रिय मापदण्ड खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि उक्त वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका थिए । बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रका प्रभावकारी बजारीकरणका लागि नयाँ रणनीतिक योजना बनाउने तयारी भएकाले आगामी वर्षमा यहाँ पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छ । 

वर्तमानमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख रूपमा बढ्ने छ । यसबाहेक यहाँ ठुला तारे होटेल खोल्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्ने सम्भावना छ । फलतः आगामी दिनमा यहाँ पर्यटक आगमन निकै नै बढ्ने आशा छ । 

नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन वर्षको रूपमा मनाएर प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई व्यवहारमा उतार्न सके यहाँको अर्थतन्त्र सबलीकरणमा केही टेवा पुग्ने छ । 

यथार्थतः नेपाल सरकारले यहाँको हरेक वर्षको बजेटमा सुरक्षित एवं आकर्षक गन्तव्य स्थलको रूपमा विकास गर्दै यहाँको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा उल्लेख गर्दै आएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सहज छैन । यसका लागि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको सक्रिय सहयोगको आवश्यकता छ ।

सरकारले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा बारम्बार उठाउँदै आएको छ । नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ भने सन् २०२३ देखि सन् २०३२ सम्मलाई पर्यटन वर्षका रूपमा मनाएर प्रत्येक वर्ष ३५ लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि मधेश प्रदेशमा पर्यटन विकास गर्न सकेमा केही सघाउ पुग्ने छ ।    

Author

केबी बस्नेत