पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्कविहीन
जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका -५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता
अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ -७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।
विद्यालय कर्मचारी आन्दोलित
विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्।
राजनीतिज्ञको व्यावसायिक जीवन, थाल्नुभन्दा टिक्नु महत्त्वपूर्ण
पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उहाँलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय हुनुहुन्छ।
मधेश प्रदेशको ४४ अर्ब ११ करोडको बजेट : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको क्षेत्रलाई प्राथमिकता
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको राजश्व तथा व्ययको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
लुम्बिनी प्रदेश : ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ।
बागमती प्रदेश सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट विनियोजन गरेको छ।
कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।