नेप्से परिसूचक २१.२६ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अङ्क बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक १०.५४ अङ्कले गिरावट
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अङ्क घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।
३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा
शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहौल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
पन्ध्र दिन मात्रै सेयर रोक्का
काठमाडौँ, कात्तिक २५ गते । मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबार रोकिने समस्या अन्त्य हुने भएको छ। लगानीकर्ताले मर्जर सम्झौतापछि लामो समयसम्म कम्पनीको सेयर कारोबार रोक्का हुने समस्या अब भने हटेको छ। नियामक नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ बुधबार स्वीकृत गरेसँगै सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको हो। स्वीकृत निर्देशिका बिहीबारदेखि लागू भएको हो।निर्देशिका कार्यान्वयनसँगै गाभ्ने र गाभिने तथा प्राप्तिका कारण रोकिएका कम्पनीको कारोबार क्रमशः खुल्दै जाने भएको छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार कम्पनीले कारोबार खुलाउन निवेदन दिएसँगै सीडीएससी र नेपाल स्टक एक्सचेन्जले कारोबार खुला गर्ने भएका छन्।एकीकृत कारोबारपछि सेयर मिलानका लागि बढीमा १५ दिनसम्म सेयर कारोबार रोक्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ। ‘एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने वा गाभिने संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्न सम्बन्धित सङ्गठित संस्थाले धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ’ निर्देशिकामा भनिएको छ। निवेदन प्राप्त भएपछि धितोपत्र बजारले सम्बन्धित संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्नेछ।निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका सङ्गठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यसका लागि कम्पनीले आधारभूत सेयरधनीको विवरणसहित नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ।कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत सेयरधनीको कारोबार रोक्का गर्नुपर्ने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ। यसअघिकै व्यवस्थाअनुसार कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नुपर्नेछ। साधारण सभा नभएसम्मका लागि कारोबार रोक्का गर्नुपर्नेछ। एकीकृत कारोबार गरेपछि भने सेयर मिलानका लागि कम्पनीहरूले सबै सेयरधनीको कारोबार रोक्का गर्न सक्ने निर्देशिकामा उल्लेख छ।निर्देशिकाअनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ। बढीमा छ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ। सोही अवधिमा साधारण सभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुनुपर्ने व्यवस्था निर्देशिकाका छ।विनियमावली पनि संशोधनएक महिनाअघि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई संशोधन गरेको थियो। असोजमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को पाँचौँ संशोधन गर्दै राष्ट्र बैङ्कले मर्जरका क्रममा हुने सेयर कारोबार रोक्का र त्यस्ता संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापनको अवधिसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो।संसोधित विनियमावलीअनुसार अब गाभ्ने/गाभिने तथा प्राप्तिका कारण बन्ने नयाँ संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको मापदण्ड (९० प्रतिशत)भन्दा बढी भएमा त्यसको समायोजन गर्न दुई वर्षको अवधि दिइएको छ। यसअघि विनियमावलीमा यस्तो व्यवस्था थिएन तर निर्देशिकामा भने एक वर्षको अवधि थियो। विनियमावलीको व्यवस्थाअनुसार सीडी रेसियोको सीमा उल्लङ्घन मर्जरकै कारण सिर्जित भएको प्रमाणित भए मात्र दुई वर्षको सुविधा प्राप्त हुनेछ। अन्यथा यसैसम्बन्धी निर्देशिकाको व्यवस्थाले एक वर्षभित्र नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।विनियमावलीको पाँचौँ संशोधनमार्फत वित्तीय संस्थाहरू गाभ्ने/गाभिनेका सेयरको दोस्रो बजारमा कारोबार रोक्नेसम्बन्धी अख्तियारी धितोपत्र बोर्डमा छाडिएको थियो। ‘‘गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोबारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्थाबमोजिम हुनेछ’’ विनियमावलीमा भनिएको छ। यसअघि गाभ्ने/गाभिने तथा प्राप्तिको सैद्धान्तिक सहमति गरेपछि राष्ट्र बैङ्कमा निवेदन दिने क्रममा सम्बन्धित संस्थाका साधारण सभाको निर्णयले नेपाल स्टक एक्सचेन्जबाट सेयर कारोबार रोक्का गराएको पत्रसमेत पेस गर्नुपर्ने व्यवस्था थियो।
नेप्से परिसूचक ३९.१५ अङ्कले गिरावट
गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अङ्कले र सेन्सेटिभ इण्डेक्स २.७९ अङ्कले घटेको छ ।
नेप्से परिसूचक २.५७ अङ्कले घट्यो
मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २.५७ अङ्क घटेर १९५६.३६ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचक ६.४३ अङ्कले गिरावट
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६.४३ अङ्क घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचक ४३.२० अङ्कले वृद्धि
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ४३.२० अङ्क बढेर १९६५.३६ बिन्दुमा पुगेको छ ।
वैदेशिक रोजगारीमा जानेलाई आईपीओ
अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
मङ्गलबार नेप्से उच्च अङ्कले बढ्यो
मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।
नेप्से परिसूचक १६.३९ अङ्कले वृद्धि
तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अङ्कले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।
नेप्से परिसूचक १२.८१ अङ्कले घट्यो
नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२.८१ अङ्क घटेर १८४५.५१ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक २.६१ अङ्कले गिरावट
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचक ११.३२ अङ्कले वृद्धि
पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ११.३२ अङ्क बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।
नेप्से परिसूचकमा पहिरो जाने क्रम रोकिएन
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलव १६ मा सीमित भएको छ ।
नेप्से २७.१६ अङ्कले गिरावट
आइतबार ४४ अङ्कले बढेको नेप्से परिसूचक सोमबार २७ अङ्कले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक २७.१६ अङ्कले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ ।
नेप्से परिसूचक ९.८४ अङ्कले गिरावट
बुधवार ११ अङ्कले बढेको नेप्से परिसूचक बिहीवार भने ९ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९.८४ अङ्कले घटेर १८३८.९६ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.१० अङ्कले ओरालो लागेर एक हजार नौ सय १०.३८ मा सीमित भएको छ ।
नेप्से परिसूचक २१.३० अङ्कले वृद्धि
पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मङ्गलवार वृद्धि भएको छ । आज नेप्से सूचक २१.३० अङ्कले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ ।
काठमाडौं नेप्से परिसूचक १३.५४ अङ्कले गिरावट
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से सूचक १३.५४ अङ्कले घटेर १९१२.७४ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक ११.४६ अंकले गिरावट
काठमाडौं, भदौ २६ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव चार करोडको शेयर कारोबार भएको छ।