साताको सेयर बजार : तीव्र उतारचढावबिच ७० अङ्कको वृद्धि
सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।
नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।
नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।
सेयर बजारमा उछाल लगानीकर्तामा खुसीको बहार
निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारले सोमबार खुसीको बहार ल्याइदिएको छ । सेयर बजार मापक नेप्से परिसूचकले ११८ को फराकिलो अङ्कले फड्को मार्दा लगानीकर्ताको मनोवैज्ञानिक बिन्दुभन्दा तल रहेको बजार एकाएक माथि उठेको छ ।
नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।
शेयर बजारमा सर्किट, कारोबार रोकियो
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।