• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक ४३.२० अङ्कले वृद्धि

blog

काठमाडौं, कात्तिक २० गते । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ४३.२० अङ्क बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.०९ अङ्क, फ्लोट इण्डेक्स २.७९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अङ्कले बढेको छ ।

कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

आज नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको  छ । जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, २९ सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । आइतवार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।