• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक २.५७ अङ्कले घट्यो

blog

काठमाडौं, कात्तिक २२ गते । मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज  नेप्से परिसूचक २.५७ अङ्क घटेर १९५६.३६ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अङ्कले घटेको छ ।

कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । सोमबारको तुलनामा आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन दुई अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.०३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक भने १.५६ प्रतिशत घटेको छ ।

आज नेप्से परिसूचक सामान्य अङ्कले घटेपनि लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य ४.२२ प्रतिशत बढेको छ । त्यस्तै, गुराँस लघुवित्तको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर, यता कालिका लघुवित्तको शेयर मूल्य ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ । आज शिवम सिमेन्ट्सको ८ करोड ५७ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।