काठमाडौं, असोज २४ गते । आइतबार ४४ अङ्कले बढेको नेप्से परिसूचक सोमबार २७ अङ्कले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक २७.१६ अङ्कले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४४ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स १.५६ अङ्कले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८९ अङ्कले घटेको छ । आज कोरोबारमा आएका २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपियाँको कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटा उपसमूहको सूचक घटेको छ । जसमा हाइड्रोपावर, फाइनान्स र विकास बैङ्क उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ ।
नेप्से परिसूचकमा गिरावट भए पनि सोमवार अभियान लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको २.६८ प्रतिशत र ओरियन्टल होटलको २.०४ प्रतिशतले बढेको छ । यता सिभिल लघुवित्तको शेयर मूल्य ६.३३ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेण्ट बैङ्कको ५.६० प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर १६ करोड रुपियाँको शेयर कारोबार भएको छ ।