• २७ पुस २०८१, शनिबार

नेप्से परिसूचक ११.४६ अंकले गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। 

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव चार करोडको शेयर कारोबार भएको छ।