झिनो अङ्कले घट्यो नेप्से
पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।
नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो
नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ ।
नेप्से परिसूचक ९२.२२ अङ्कले वृद्धि
वैशाख महिनादेखि बैङ्कको ब्याजदर घट्ने बैंकर्स सङ्घको निर्णयसँगै नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रूपमा उच्च अङ्कले गिरावट आइरहेको नेप्से परिसूचक बुधबार ९२.२२ अङ्क बढेर १९६३.५५ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने
आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारण सभाले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।
नेप्सेमा सामान्य अङ्कको सुधार
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।
नेप्सेमा २८ अङ्कको गिरावट
पुँजी बजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो ।