नेप्सेमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।
नेप्से परिसूचक ९.१८ अंकले घट्यो
शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो।
सामान्य अङ्कले घट्यो नेप्से
मंगलबार पुँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो।
शेयर बजार १९ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को बिन्दुमा कायम भएको हो।
घट्यो शेयर बजार
पुँजी बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो।
मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट
एनआईसी एसिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ ।
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार ९०५ दशमलव ६८ को विन्दुमा पुगेको हो ।
शेयर बजारमा झिनो अङ्कको सुधार
यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ ।
नयाँ वर्ष २०८० को पहिलो सातामा ३० अङ्कले घट्यो नेप्से
नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ।