मोलुङले साधारण सेयर निष्कासन गर्ने
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेको हो । आगामी मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले सेयर भर्न सक्नेछन् । प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कुल जारी हुने ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि निष्कासन गरिने महर्जनले जानकारी दिनुभयो ।
नेप्से परिसूचक ५९.८७ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब पाँच महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक ५६.८६ अङ्कले वृद्धि
देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।
नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट
साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधबार सामान्य अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८९ अङ्क घटेर १८६७.२२ बिन्दुमा झरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला
शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो ।
नेप्से परिसूचक १४.४८ अङ्कले गिरावट
साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मङ्गलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अङ्कले घटेर १८८२.६० बिन्दुमा झरेको हो ।
हकप्रद सेयर निष्कासन गरिने
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
एसियन हाइड्रोपावरको आइपिओ खुला
एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
नेप्से परिसूचक १६.६५ अङ्कले वृद्धि
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक चक १६.९५ अङ्कले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ ।
मायाखोला हाइड्रोपावरको आईपीओ खुला
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
नेप्से परिसूचक २४.४६ अङ्कले गिरावट
निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४६ अङ्क घटेर १९३८.७६ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
घरजग्गाको कारोबार ओरालो लाग्दा राजस्व सङ्कलन घट्यो
घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट सङ्कलन हुने राजस्वमा पनि आएको छ ।
माया खोला हाइड्रोपावरको आईपीओ आउँदै
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।
‘कालिञ्चोक दर्शन’को आईपीओ खुला
कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार ९५३ दशमलव ३५ मा पुगेको छ ।
सुपर मादी हाइड्रोपावरको आइपिओ आउँदै
सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
नेप्से परिसूचक ११.५६ अङ्कले वृद्धि
दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ ।
नेप्से ७.१३ अङ्कले गिरावट
चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।
नेप्से परिसूचक २५.५७ अङ्कले वृद्धि
काठमाडौं, मङ्सिर १ गते। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २५.५७ अङ्कले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अङ्कले बढेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ।