• ९ जेठ २०८१, बुधबार

नेप्से परिसूचक १६.६५ अङ्कले वृद्धि

blog

काठमाडौं, मङ्सिर २६ गते । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक चक १६.९५ अङ्कले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.५७ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ०.०४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अङ्कले बढेको छ ।

कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपियाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम समेत बढेको छ । आइतबार एक अर्ब १० करोड ३४ लाख चार हजार रुपियाँ  बराबरको खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमा बैङ्किङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ भने बैङ्किङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ ।

आज सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरि लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ । यता, मैलुङ्ग खोला हाइड्रोपावरको शेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैङ्कको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ । त्यस्तै, नबिल बैङ्कको २१ करोड ३१ लाख रुपियाँको शेयर कारोबार भएको छ ।