• ९ जेठ २०८१, बुधबार

हकप्रद सेयर निष्कासन गरिने

blog

–तामाकोशी जलविद्युत आयोजना

बाबुराम शर्मा 

दोलखा, मङ्सिर २९ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

आयोजनाले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेको आयोजनाका रामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ पर्ने गरी सो परिमाणमा हकप्रद निष्कासनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सहबिक्री प्रबन्धक नियुक्त गरेको हो । यी दुई कम्पनीबीच सम्झौता भइसकेको छ । कुल १० अर्ब ५९ करोड सेयर निष्कासन गर्ने गरी सम्झौता भएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृत लिन आवश्यक कागजात तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, स्वीकृत प्राप्त हुन दुई महिना जति लाग्छ होला । स्वीकृत प्राप्त भएपछि अगाडिको बाटो खुल्छ । आगामी फागुन महिनासम्ममा सेयर निष्कासन गर्ने उद्देश्य राखेका छौँ ।