• २६ वैशाख २०८१, बुधबार

नेप्से परिसूचक ८.१४ अङ्कले वृद्धि

blog

काठमाडौं, माघ १० गते । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले बढेको छ  ।

आज कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख ३० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव चार करोडको शेयर खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.५१ अङ्क बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अङ्क घटेको छ ।

नेप्से परिसूचक सामान्य अङ्कले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।