• ६ जेठ २०८१, आइतबार

नेप्से परिसूचक ६.५९ अङ्कले गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २९ गते । मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ।सोमबार २१.२९ अङ्क बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अङ्कले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अङ्कले घटेको छ भने फ्लोर इन्डेक्स ०.३१ अङ्क र सेन्सेटिभ इन्डेक्स ०.४० अङ्कले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ।सोमबार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ।

मंगलबार सिटिजन्म म्युचुअल फण्ड १ को इकाई मूल्य ४.५८ प्रतिशत बढेको छ।अन्य स्टकको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ८.५६ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिस्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ।