• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक १२.८१ अङ्कले घट्यो

blog

काठमाडौं, कात्तिक २ गते । नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२.८१ अङ्क घटेर १८४५.५१ बिन्दुमा झरेको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६६ अङ्क, फ्लोट इण्डेक्स ०.६५ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.९३ अङ्कले घटेको छ । आज कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख सात हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ । यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ ।

आज ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, अपर हेवाखोलाको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, पिपुल्स पावरको शेयर मूल्य करिब साढे ७ प्रतिशत घटेको छ । सोल्टी होटलको शेयर कारोबार तीन करोड ७२ लाख १२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।