• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं नेप्से परिसूचक १३.५४ अङ्कले गिरावट

blog

काठमाडौं, भदौ २७ गते । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ ।

आज नेप्से सूचक १३.५४ अङ्कले घटेर १९१२.७४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अङ्क घटेको छ ।

त्यस्तै, आज कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ । हिजो कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले  घटेका छन् ।

नेप्से घटेपनि सोमवार युनाइटेड इडि मार्दीको शेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ । नविल बैङ्कको सबैभन्दा धेरै चार करोड सात लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।