दार्चुलामा बृहत साहित्यिक महोत्सव
लोकेन्द्र जोशीदार्चुला, जेठ १४ गते । दार्चुलामा दुई दिने बृहत साहित्यिक महोत्सवले रौनकता छाएको छ । दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो ।अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरलगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिवस्हरुको उपस्थिति छ । महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताउनुभएको छ ।महोत्सवमा शिक्षकद्वय नरेन्द्र बडाल र लाकेन्द्रबहादुर बमको संयुक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ विमोचन गरिएको छ । यस्तै साहित्यकार किशन धामीको अंग्रेजी संस्करण एटलान्टिकका भंगालहरुको पनि विमोचन गरिएको लेकम लोकेन्द्र बमले बताउनुभयो ।जिल्ला बाहिरबाट आएका लेखक र साहित्यकारहरुले दार्चुलाको मौलिक कला र संस्कृतिको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
सावधानी नराख्दा सात जनाको मृत्यु
देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन ।
रुकुम पूर्वमा आयुर्वेद उत्पादन केन्द्र बनाउन सकिन्छ : प्रदेशमन्त्री थारु
राजु लामिछानेरुकुम पूर्व, जेठ १४ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुम पूर्वमा आयुर्वेद औषधि उत्पादन केन्द्र बनाउन सकिने बताउनुभएको छ । रुकुम पूर्वको रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री थारुले रुकुम पूर्व जडिबुटीको भण्डार क्षेत्र रहेकाले आयुर्वेद औषधि उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्नुभएकाे हाे । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिने समेत मन्त्री थारुले बताउनुभयो ।‘यहाँ बहुमुल्य जडिबुटी छन्,’ मन्त्री थारुले भन्नुभयो, ‘जिल्लाका सबै दल, जनता, बुद्धिजीविहरु एक भएर यहाँको जडिबुटीलाई संकलन, प्रशोधन गर्ने र औषधि उत्पादन गर्नमा जोड दिनुपर्छ ।’ जिल्लाका विभिन्न स्थानमा पाइने बहुमूल्य जडिबुटीहरु यार्सागुम्बा, पाँचऔले लगायतको संकलन, प्रशोधन र औषधि निर्माणले आर्थिक समृद्धि पनि हुने उहाँले बताउनुभयो । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा केन्द्रको उद्घाटन गरिएको हो ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु । तस्बिर ः राजु लामिछाने
प्रदेश सरकारको नीति तथा कार्यक्रम : पूर्वपदाधिकारीलाई सुविधा दिन विधेयक
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।
दोस्रो पटक मात्र जनताले पत्याए तर चुनौति थपियो : प्रमुख राई
धरान उपमहानगरपालिका प्रमुखको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बन्नुभएका हर्क राज राई (हर्क साम्पाङ) ४२२ मत प्राप्त गर्नुभई पराजित हुनुभएको थियो । तर बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँलाई धरानका जनताले पत्याए, अनी भारी मतान्तरले धरानको प्रमुखमा विजयी हुनु भयो ।
गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रमः डा. राणा
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताउनु भएको छ ।
सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
कञ्चनजङ्घाबाट १५ हजार किलो फोहोर सङ्कलन
ताप्लेजुङ, जेठ १४ गते । नेपाली सेनाले सफा हिमाल अभियानअन्र्तगत विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रबाट १५ हजार किलो फोहोर सङ्कलन गरेको छ । बैशाख २४ गतेदेखि सफाई अभियान सञ्चलान गरेर उक्त परिमाणमा फोहोरमैला वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाइएको छ । सङ्कलित फोहोरमध्ये सड्ने र कुहिने खालको तीन हजार १७ किलोग्राम फोहोरवस्तु व्यवस्थापनका लागि फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूसमेतको उपस्थितिमा सफा हिमाल अभियान टोलीले फोहोर हस्तान्तरण गरेको छ । टोलीका संयोजक एवम् नेपाली सेनाका सेनानी समीरबहादुर बस्नेतका अनुसार स्थानीय स्तरमा व्यवस्थापन गर्न नमिल्ने अर्थात नसड्ने र नकुहिने खालका १२ हजार ३५६ किलोग्राम फोहोर भने काठमाडौं पठाइएको छ । यस्तै फोहोर सङ्कलनका क्रममा कञ्चनजङ्घा क्षेत्रबाट दुईवटा मानव कङ्काल पनि फेला परेको सेनानी बस्नेतले जानकारी दिनुभयो । उक्त मानव कङ्काल भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई बुझाइने जनाएको छ । नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत कञ्चनजङ्घासहित चारवटा हिमालबाट ३० हजार ३४४ किलोग्राम फोहोर सङ्कलन गरेको जनाइएको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, र मनास्लु हिमालबाट उक्त परिमाणमा फोहोर सङ्कलन गरेको हो ।
२५ वर्ष पछि हत्यारा पक्राउ
जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।
होमस्टे सञ्चालनमा उत्साहित कैलालीका कठरिया समुदाय
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १३ गते । कैलालीका कठरिया थारु समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–११ तप्पा गाउँका कठरिया समुदायका युवायुवती होमस्टे सञ्चालनमा उत्साहित भएका हुन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा होमस्टे सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी उहाँहरुले होमस्टेको महत्व बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचान सामाजिक विकासमा सामुदायिक होमस्टे सञ्चालनका लागि एकजुट भएर लाग्ने बताउनुभएको छ । गाउँका युवा सरद कठरियाले होमस्टे बारेमा सुनेको भएपनि त्यसको उद्देश्य थाहा नभएको बताउँदै जनचेतनामुलक कार्यक्रमबाट धेरैकुरा बुझ्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘तप्पा गाउँमा रहेको १४० घर सबै कठरिया समुदायको छ, हामीले आफ्नो कला संस्कृतिलाई चिनाउने अवसर होमस्टेबाट गर्नसक्ने रहेछौं ।’ सरद मात्र होईन सो गाउँका धेरै युवादेखि बयस्कसम्म होमस्टे सञ्चालनमा उत्साहित भएको बताउनुभयो । आफ्नो समुदायको कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन कठरिया समुदायका लागि एउटा अवसर हुने स्थानीय युवा टिआर कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला संस्कृति चिनाउन पाउने छौ्ं, कठरिया समुदायको पहिचानको प्रचारप्रसार समेत हुनेछ ।’भलभन्सा भोजप्रसाद कठरियाले बाहिरका मानिसलाई आफ्नो चालचलन अनुसार जे जे खानेकुरा छ बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउन होमस्टे राम्रो माध्यम बन्ने बताउनुभयो । ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्वरहेको बताउदै तारागाउँ विकास समितिका सदस्यसचिव मदनगोपाल बानियाले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आए कठरिया समुदायको कला संस्कृतिको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।पहलमानुपुर बजारदेखि दक्षिण लालबोजी सडकखण्डमा पर्ने तप्पा गाउँमा होमस्टे सञ्चालन आएपछि त्यस क्षेत्रको ग्रामीण पर्यटन विकास हुने समेत अपेक्षा गरिएको छ । होमस्टे सञ्चालनक लागि तारा गाउँ विकास समितिले एक दशक्देखि सहयोग गर्दैआएको छ । होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक संग्रालय, पाहुनाको स्वागत सत्कार र ग्रामिण पर्यटनको बजारिकरणमा सहयोग गर्दैआएको सदस्यसचिव बानियाले बताउनुभयो ।तप्पा गाउँमा होमस्टे सञ्चालनका लागि लामो समयदेखि पर्यटन व्यवसायी डबल शाहले पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहले कैलालीमा ६० गाउँ कठरिया समुदायको रहेको जनाउँदै तप्पा होमस्टेले पर्यटन विकासका लागि कनेक्टिभिटीको कामगर्ने विश्वास व्यक्त गर्नुभयो । शाहले कठरिया समुदायलाई नजिकबाट बुझेको बताउँदै भन्नुभयो ‘कठरिया समुदायको कला संस्कृति अत्यन्त राम्रो छ, पहिचान र संस्कृति जोगाउन हामस्टेले मद्दत गर्छ, गाउँको सरसफाई, आर्थिक आय आर्जन, सामाजिक विकासमा पनि सहयोग पुग्छ । साथै पर्यटन विकासमा कनेक्टीभिटिको समेत काम गर्छ ।’होमस्टे सञ्चालनका लागि तारागाउँ विकास समितिका प्रशिक्षक घनश्याम ढकालले हाल नेपालमा पाँच हजार हाराहारीमा निजी तथा तीन हजार पाँचसय सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर
केशवचन्द्र महरा दिपायल, जेठ १३ गते । डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु.प. प्र. ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो । गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन १६ गतेबाट सुरु हुने
भवानी ऐरगोदावरी (कैलाली), जेठ १३ गते । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेश जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो । जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उहाँको भनाइ थियो । मन्त्रीपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्री रावलकाअनुसार आजको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले १५ औं गणतन्त्र दिवस भव्यताकासाथ ३ दिनसम्म मनाउने निर्णय गरेको मुख्यमन्त्री भट्टको स्वकीय सचिवालयले जनाएको छ । विगत केही वर्ष कोरोना संक्रमणका कारण बाजागाजासहितको ¥याली गरेर मनाउन नसकिएको दिवस यस वर्ष भव्यताकासाथ मनाइने मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले बताउनुभयो ।
सिमान्तकृत समुदायका उपप्रमुख दरैको समुदायको शैक्षिक स्तर उकास्ने धोको
अमरराज नहर्की तनहुँ, जेठ १३ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायबाट एक महिला उपप्रमुख बन्नुभएको छ । नेपाली काँग्रेसको उम्मेदवार इन्दिरा दरै अत्याधिक मत ल्याई उपप्रमुख बन्नुभएको हो । दरै उपप्रमु्ख बनेपछि सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको छ । उहाँले एमालेका बसुन्धरा घर्तिले भन्दा ३ हजार ४५६ मत प्राप्त गर्नुभएको थियो । उहाँले १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तिले दश हजार ४२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख दरैले आर्थिक कठिनाई भएर पढ्न नपाएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्ने बताउनुभएको छ । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोस् भनेर विद्यालयमा भर्ना गराई पठनपाठनमा सहयोग पु¥याउने आफ्नो पहिलो लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो । घरेलु हिंसापीडित महिलाको उद्धारमा टेवा पु¥याउने उहाँको भनाइ छ । व्यास नगरपालिकाको १४ वटै वडामा पुग्दा महिलाले भोग्नु परेको खानेपानी समस्याको समाधानका लागि बजेट विनियोजनाको लागि पहल गर्ने उहाँले बताउनुभयो । महिलाको क्षमता र नेतृत्व विकासका लागि समेत कटिबद्ध भएर लाग्ने उहाँको प्रतिबद्धता राख्नुभयो ।
नव निर्वाचित जनप्रतिनिधिलाई अभिमुखिकरण
राजु लामिछाने रुकुम पूर्व, जेठ १३ गते । रुकुम पूर्वको भूमे गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम दिइएको छ । सरकार सञ्चालन, कार्य सम्पादनका सन्दर्भमा बिहीबार र शुक्रबार दुई दिने अभिमुखिकरण तालिम दिइएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहभागी बनाएर समग्र विकास निर्माण, नीति, कार्यक्रम तथा बजेट निर्माणलगायतका विषयमा छलफल समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बजेट निर्माण कार्य प्रारम्भ भएकाले अलि बढी त्यसमा केन्द्रीत भएर अभिमुखिकरण कार्यक्रम गरिएको जनाउनुभयो । अभिमुखिकरणमा बजेट निर्माण, योजना छनौट, योजना अनुगमन, कार्यान्वयन तथा भुक्तानी लगायतका विषयमा छलफल गरिएको हो । गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठलगायतले अभिमुखिकरणको सहजिकरण गर्नुभएको हो । कार्य सम्पादनमा सहजता आओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार प्रदेश सरकारले प्रि–बजेट प्रस्तुत गर्ने
बागमती प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।
दुईदिने बिदाका कारण अस्पतालमा बिरामीको चाप
साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनको असर सरकारी अस्पतालमा परेको छ । शनिबार र आइतबार भएको सार्वजनिक बिदापछि सोमबार खुलेको कोसी अस्पताल विराटनगरमा बिहानैदेखि बिरामीको भीड लाग्दा उपचार र व्यवस्थापन लथालिङ्ग हुन पुगेको छ ।
द्वन्द्वपीडित परिवारलाई मासिक भत्ता
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित परिवारका लागि मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गठबन्धनतर्फबाट निर्वाचित हुनुभएका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पहभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका सबै द्वन्द्वपीडित परिवारलाई मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभएको हो ।
गेटा मेडिकल कलेज सञ्चालन गर्न स्थानीयको माग
कैलालीको गोदावरीवासीले गेटा मेडिकल कलेज सञ्चालनको माग गरेका छन् । गोदावरी नगरपालिकास्थित गेटामा आवश्यक भौतिक पूर्वाधार गत वर्ष नै निर्माण भए पनि कलेज सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ बाट मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ पूर्वाधार तयार पारिएको थियो तर मेडिकल कलेज सञ्चालनको प्रारूप तयार नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
तिलोत्तमाको प्रमुखमा कांग्रेसका विजयी
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण बिजयी हुनुभएको छ । उहाँले ७६५ मतान्तरले नेकपा (एमाले)का उम्मेदवार मोहन चापागाईलाई पराजित गर्नुभयो ।
आठ वटा वडामा दलित महिला सदस्य खाली
जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको छ । उक्त वडाहरुमा दलित घरधुरीको वसोवास नरहेको कारण दलित महिला सदस्यमा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पच्चीस लाख भारतीय रुपैयाँ र सुन बरामद
कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ ।
धनुषा र सिरहामा लोसपालाई निराशा
धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।
कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।
पहुँचका भरमा जहाजको टिकट वितरण
पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् । नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् ।