सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिद्वारा शपथग्रहण
काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
समृद्ध लुम्बिनीका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ बनाउने अभियानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सरकारले लुम्बिनी प्रदेशको विकासका लागि योगदान दिन कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री केसीले नेपालको संवि
उदयपुरमा ट्रक दुर्घटना हुँदा चारको मृत्यु
जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
वन संरक्षणमा महिला नेतृत्व सफल
कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।
होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा
कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगञ्जमा निर्माणाधीन एक हजार शøया क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खानेपानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कट्ठामा निर्माण गरिएका छन् ।
नपामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्ने कामलाई निषेध गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो नगर कार्यपालिका बैठकले प्राविधिक अध्ययन बिना सडक विस्तार गर्दा सडक गुणस्तरहीन तथा वातावरणीय रूपमा प्रतिकूल विका
बुद्धभूमिमा सङ्कटापन्न गिद्धको बथान
गहुँ काटेर खाली भएको खेतमा केही दिनदेखि प्रकृतिको कुचीकारको संज्ञा पाएको गिद्धको बथान देखिन थालेको छ । केही आकाशमा उडिरहेका र रुखमा बसेका पनि देखिन्छन् । सिनोमा झुम्मिएका गिद्धको बथान देखेर स्थानीयले रमाइलो मान्ने गरेका छन् ।
बिमान दुर्घटनामा एकै परिवारका सात जना, गाउँ शोकमा
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।
कुकुरले टोक्दा सोह्र जना बिरामी
सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ ।
पानीको धारा झरेपछि गाउँमा खुसियाली
बैतडीको सिगास गाउँपालिका–३ मा विवाह गरेर छोरी दिन प्रायः अभिभावक हच्किन्थे । यसको एउटै कारण थियो, खानेपानीको समस्या । करिब दुई सय घरधुरी बासिन्दाले पानीका लागि दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो ।
मोटर बिग्रिएपछि पानीको अभाव
सिन्धुलीको तीनपाटन गाउँपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुक्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित भएका छन् । गाउँमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झन्डै २५० घरपरिवार खानेपानीको समस्यामा परेका हुन् ।
एकचालीस उम्मेदवारले आफैँलाई मतदान गरेनन्
स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४१ जनाले आफैँलाई मतदान नगरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सबैभन्दा बढी उम्मेदवारले आफैँलाई समेत मतदान नगरेको जनाएको छ । खानीखोला गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पावल थिङ, उपाध्यक्षका उम्मेदवार मानबहादुर सिङ्तान र वडाध्यक्ष पदकासहित नौ उम्मेदवारले आफैँलाई मतदान नगर्नुभएको हो ।
घोडाघोडीमा असुरक्षा बढ्दै, स्थानीयद्वारा सुरक्षा माग
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १५ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दिन प्रतिदिन असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले सरकारसँग सुरक्षा व्यवस्था माग गरेका छन् । करिब २७ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै उक्त क्षेत्रमा दिउँसै लुटपातका घटना हुन थालेपछि सुरक्षा चुनौति बढ्दैगएको स्थानीयको भनाई छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले महेन्द्र राजमार्गसँग जोडिएको घोडाघोडी ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा हिजोआज मदिराजन्य पदार्थ विक्रिवितरण हुन थालेपछि विकृति बढ्दैगएको बताउनुभयो । धार्मिक क्षेत्रमा खुलेआम मदिरा विक्री वितरण हुँदा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेहरुको मोवाईल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुदै आएपनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको आरोप छ । तालको मुख्य द्वारमा विकासका केही काम भएजस्तो देखिए पनि तालको क्षेत्रफल साँघुरै जानु, तालमा पानी सुक्दै जानु, ताल पुरिदै जानुले जैविक विविधता संकटमा पर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी विटको माग गर्दै आएकाछन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म आएको एक बर्ष पनि भएको छैन, यहाँ लागु पदार्थका ५१ वटा मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबुआमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी घटनामा संलग्न छन् ।’
यार्साको सुरक्षामा खटिएका प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार
राजु लामिछाने रुकुम पूर्व, जेठ १५ गते । रुकुम पूर्वमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक कुष्णबहादुर खड्का बिरामी हुँदा शनिबार बेलुका हेलिकप्टर मार्फत् उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरिक्षक खड्कालाई स्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । शनिबार उहाँलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखापरेको डिएसपी डाँगीले जानकारी दिनुभयो । उच्च हिमाली भागमा अक्सिजन अभावको कारण ‘लेक लाग्ने’ समस्या हुने गर्दछ । मैकोटको पाटन, पुपालमा यार्साको सुरक्षामा खटिएका बेला खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि यार्सा संकलन सुरु भएको स्थानीयले जनाएका छन् ।
लडेर वृद्ध र डुबेर युवकको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा एकैदिन भीरबाट लडेर एक वृद्ध र पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । तामाङको बाख्रा चराउने क्रममा शनिबार भीरबाट लडेर मृत्यु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका २० वर्षीय ङिमा शेर्पाको पानीमा डुबेर मृत्यु भएको छ । शेर्पाको पनि शनिबार नै गाउँ नजिक रहेको सबुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतकमध्ये तामाङको शव शनिबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार शेर्पाको शव आइतबार विहान पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।
शैक्षिक सामग्री वितरण
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले ३१औँ स्थापना दिवसको अवसरमा एक बालगृहमा आश्रित असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल बालसङ्गठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपी
हाइड्रोजन प्रविधि प्रयोग गर्न सम्झौता
काठमाडौँ विश्वविद्यालय (केयू) र नेपाल विद्युत् प्राधिकरणबीच नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्ने विषयमा सहमति भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच शुक्रबार एक कार्यक्रमबीच धुलिखेलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स
नवनिर्वाचित भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले पदबहाली ग्रहण गरेसँगै तीनवटा नीतिगत निर्णय गर्नुभएको छ । नगरपालिकाका अति विपन्न परिवारलाई निःशुल्क खानेपानी तथा विद्युत् लाइन जडान, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युत्को तार हटाएर व्यवस्थित किसिमको कालो केबल तारलगाउनेसहित तीनवटा नीतिगत निर्णयभएका छन् ।
कोसी कोरिडोरले सडक स्तरोन्नति गर्ने
ताप्लेजुङको ढुङ्गेसाँघुस्थित दोभान–तिरतिरे–तेल्लाबुङ सडक खण्ड कोसी कोरिडोरले स्तरोन्नति गरिदिने भएको छ । निर्माणाधीन कोसी कोरिडोरको सव स्टेसनले प्रभाव पार्ने उक्त सडक खण्डको स्तरोन्नति कोसी कोरिडोर आयोजनाले गरी दिनेभएको हो ।
‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’: प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताउनुभएको छ ।
मतदानपछि रोजगारी खोज्न भारततर्फ
स्थानीय तह निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएकाहरू निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् । नेपाल–भारत जमुनाहा नाकामा रोजगारीका लागि भारततिर जाने नेपालीको अत्यधिक भीड लागेको छ ।
संविधानको भावनाअनुसार समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व
संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु हामी सबैको दायित्व भएको प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताउनुभएको छ ।
किमाथाङ्का नाका अझै खुलेन
दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए ।