बुटवल, जेठ १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ बनाउने अभियानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सरकारले लुम्बिनी प्रदेशको विकासका लागि योगदान दिन कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो । 
मुख्यमन्त्री केसीले नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचनाबाट जनतालाई प्रत्यक्ष रूपमा सेवा प्रवाह भइरहेको बताउँदै प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहको संयोजन गर्ने भूमिका दिएको छ र त्यो भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत समृद्ध लुम्बिनी प्रदेश बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा पनि जोड दिनुभयो । “देश निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य सर्त हो,” उहाँले भन्नुभयो, “गणतन्त्रलाई हरेक जनताको जनजीविकाको उत्तम प्रणालीका रूपमा अझ समृद्ध बनाउँदै लैजान आवश्यक छ ।”
मुख्यमन्त्री केसीले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राप्ति सामान्य होइन, यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम हो, गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीको महŒवपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु हामी सबैको कर्तव्य हो भन्दै मुख्यमन्त्री केसीले गणतन्त्रको जगमा संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत भएको बताउनुभयो ।
समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको बताउँदै विगतका राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री केसीले भन्नुभयो, “गणतन्त्र प्राप्तिका लागि भएको आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अपाङ्गता भएका र बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                