• १३ साउन २०८१, आइतबार

रुकुम पूर्वमा आयुर्वेद उत्पादन केन्द्र बनाउन सकिन्छ : प्रदेशमन्त्री थारु

blog

राजु लामिछाने

रुकुम पूर्व, जेठ १४ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुम पूर्वमा आयुर्वेद औषधि उत्पादन केन्द्र बनाउन सकिने बताउनुभएको छ । रुकुम पूर्वको रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री थारुले रुकुम पूर्व जडिबुटीको भण्डार क्षेत्र रहेकाले आयुर्वेद औषधि उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्नुभएकाे हाे । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिने समेत मन्त्री थारुले बताउनुभयो ।

‘यहाँ बहुमुल्य जडिबुटी छन्,’ मन्त्री थारुले भन्नुभयो, ‘जिल्लाका सबै दल, जनता, बुद्धिजीविहरु एक भएर यहाँको जडिबुटीलाई संकलन, प्रशोधन गर्ने र औषधि उत्पादन गर्नमा जोड दिनुपर्छ ।’ 

जिल्लाका विभिन्न स्थानमा पाइने बहुमूल्य जडिबुटीहरु यार्सागुम्बा, पाँचऔले लगायतको संकलन, प्रशोधन र औषधि निर्माणले आर्थिक समृद्धि पनि हुने उहाँले बताउनुभयो । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा केन्द्रको उद्घाटन गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु । तस्बिर ः राजु लामिछाने