• ३ असार २०८१, सोमबार

पच्चीस लाख भारतीय रुपैयाँ र सुन बरामद

blog

जमिनमुनि गाडिएको अवस्थाबाट बरामद गरिएको चोरीको भारतीय रुपियाँ र सुन । तस्विरः नेपाल प्रहरी

धनगढी, जेठ १३ गते । कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ । 

भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी  रुपियाँ र सुन बरामद गरेको हो । जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतबारीमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो ।  

उहाँका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो । स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपियाँ जमिनमा गाडिएको थियो । नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

Author

अविनाश चौधरी