• १५ असार २०८१, शनिबार

गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रमः डा. राणा

blog

कैलाली, जेठ १४ गते । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले  गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताउनु भएको छ । 

गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन प्रति अचम्म लागेको बताउनु हुँदै १÷२ हप्तामा समिति गठन गरी तीन सय शैयाको अस्पाल खोल्ने  तयारी भईरहेको उहाँको एक भिडियो मार्फत स्पष्ट पार्नुभएको छ । 

गत चैत ४ गते तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भएको स्मरण गराउनु हुदैँ डा. राणाले जसको लागि आगामी आर्थिक वर्षमा वजेट बिनियोजन गरिने समेत उहाँको बताउनुभयो । स्थानीय तह निर्वाचन आचारसंहिताका कारण अस्पताल सञ्चालनमा ढिलाई भएको समेत उहाँको भनाई छ ।

मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारको नियम कानुन अनुसार तीन वर्ष अस्पताल चलाई सकेपछि मात्र कलेज सञ्चालन गर्न पाईने नियम रहेको भिडियो सन्देश मार्फत डा. राणाले प्रष्ट पार्नुभएको छ । 

एकै पटक  मेडिकल कलेज सञ्चालन गर्न कानुनतः नमिल्ने बताउनु हँदै उहाँले कलेजका बिषयमा अनावश्यक भ्रम छर्नु गलत भएको र चाँडै नियम अनुसार अस्पताल हुँदै मेडिकल कलेज सञ्चालन गर्ने बताउनुभएको छ । 

Author

कृतबहादुर विष्ट