• १३ साउन २०८१, आइतबार

नव निर्वाचित जनप्रतिनिधिलाई अभिमुखिकरण

blog

अभिमुखिकरणमा सहभागी जनप्रतिनिधि र कर्मचारीहरु । तस्बिर - राजु लामिछाने

राजु लामिछाने 

रुकुम पूर्व, जेठ १३ गते । रुकुम पूर्वको भूमे गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम दिइएको छ । सरकार सञ्चालन, कार्य सम्पादनका सन्दर्भमा बिहीबार र शुक्रबार दुई दिने अभिमुखिकरण तालिम दिइएको गाउँपालिकाले जनाएको छ । 

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहभागी बनाएर समग्र विकास निर्माण, नीति, कार्यक्रम तथा बजेट निर्माणलगायतका विषयमा छलफल समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले बजेट निर्माण कार्य प्रारम्भ भएकाले अलि बढी त्यसमा केन्द्रीत भएर अभिमुखिकरण कार्यक्रम गरिएको जनाउनुभयो । अभिमुखिकरणमा बजेट निर्माण, योजना छनौट, योजना अनुगमन, कार्यान्वयन तथा भुक्तानी लगायतका विषयमा छलफल गरिएको हो ।  

गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठलगायतले अभिमुखिकरणको सहजिकरण गर्नुभएको हो । कार्य सम्पादनमा सहजता आओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।