छब्बीस लाख रुपियाँ सहित भारतीय नागरिक पक्राउ
सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।
अठार वडामा छैनन् स्वास्थ्य केन्द्र
सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् ।
झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता
सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
जनतालाई दुःख दिने र ढिलासुस्ती स्वीकार्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
सर्लाहीका किसानले उखुको अनुदान पाएनन्
जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
सय परिवार विस्थापित जनजीवन कष्टकर
मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ ।
संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ ।
बाढीले खानेपानीको पाइप बगाउँदा धारामा पानी आउन बन्द
चार दिनदेखि परेको अविरल वर्षाका कारण रातुलगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्याएका कारण जिल्लाका उत्तरी भेगमा अनेकन् समस्या देखा परेको छ ।
एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो
नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
‘अर्थतन्त्र बलियो बनाउन स्थिर सरकार’
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था ठिक ढङ्गले नचलेकै कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेका बताउनुभएको छ ।
सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड
वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”
बाढीमुक्त पालिका बनाउन अभियान चलाउँछौँ
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका शिक्षित क्षेत्रको रूपमा परिचित छ । बागमती नदी तथा झाँझ र डोरी खोलाले घेरिएको यो पालिकाका बासिन्दा
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नेपालको साख जोगाउन कांग्रेस अग्रसर हुनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय जगतमा खस्किँदै गएको नेपालको साख जोगाउन नेपाली काँग्रेस अग्रसर हुनुपर्ने धारणा राख्नुभएको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी
ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु हुँदा स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
बालश्रम अन्त्यको मूलमन्त्र शिक्षा : मन्त्री यादव
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले शिक्षा नै बालश्रम अन्त्यको मूलमन्त्र भएको भन्दै शिक्षालाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कानुन बन्यो, कार्यान्वयन भएन
मधेश प्रदेश सरकारले दिगो विकासका लक्ष्यलाई ध्यानमा राखेर नीति तथा कार्यव्रmम र बजेट निर्माण गर्नु पर्नेमा वक्ताले जोड दिनुभएको छ । प्रदेश शिक्षा तथा समाज
बारा बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु
बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सुशासनको माग गर्दै प्रदर्शन
सुशासन र पारदर्शिताको माग राख्दै स्थानीय बासिन्दाले गौशाला नगरपालिकामा बुधबार अपराह्न प्रदर्शन गरेका छन् । नगर कार्यालय परिसरमा भेला भएका स्थानीयवासीले नगरपालिकाको आर्थिक कारोबार शङ्कास्पद रहेको, गुटबन्दी र पक्षपातले विकास प्रभावित भएको तथा पारदर्शिता नहँुदा नगरपालिकामा भ्रष्टाचार मौलाएको जस्ता अनेकन विकृति बढ्दै गएकाले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताएका छन् ।
शौचालय बनेपछि फेरिएको दिनचर्या
आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ ।
तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
बजेट निर्माण गर्दा दिगो विकास लक्ष्यलाई ध्यान दिन आग्रह
मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकासका लक्ष्यलाई ध्यानमा राखी निर्माण गर्न वक्ताले आग्रह गर्नुभएको छ ।
घुस लिएको आरोपमा नापीका अमिन पक्राउ
नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।