• ९ जेठ २०८१, बुधबार

भूकम्प प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक २४ गते । प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुमपश्चिम जिल्लाको भूकम्प प्रभावित पाँचसय परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।

भूकम्प प्रभावितलाई बास र सुत्नका  लागि अस्थायी टहरा निर्माण गर्न पिफोम, तारपाउलिन, रोप, ब्लाङ्केट र भान्साका सामग्रीसहितका वस्तुहरु वितरण गरेको जनाएको छ । 

भूकम्प प्रभावित बालबालिका र उनीहरुका परिवारको सुरक्षामा सहयोग गर्न प्लान इन्टरनेशनलले जाजरकोटको नालगड नगरपालिकामा एकसय शिशुका लागि बालकिट (नवजात शिशुको लागि तातो लुगा) समेत वितरण गरेको  जनाएको छ । 

प्लान इन्टरनेशनल नेपालले प्रभावित क्षेत्रमा आफनो आपतकालीन प्रतिकार्य समूहका सदस्यलाई पठा स्थानीय सरकारसँगको सहकार्यमा राहत सामग्री वितरण गरेको छ ।  

प्लान इन्टरनेशनल नेपालका पूर्व क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रविशङकर पण्डितले कात्तिक १७ गते शुक्रबारका दिन गएको ६.४ रेक्टर स्केलको भूकम्पले धेरै परिवारलाई विस्थापित गरेको र उनीहरुलाई तत्काल सहयोगको आवश्यकतालाई महसुस गरी प्लान इन्टरनेशनलले गैर खाद्य सामग्री वितरण गरेको बताउनुभयो ।