सुन प्रकरणबारे बुझ्न गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालयमा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको छ ।
निर्वाचनमा महिलाहरूबिच नै प्रतिस्पर्धा हुनुपर्छ : डा. आरजु
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिनुभएको छ ।
काठमाडौं र ललितपुरमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ ।
शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतीक्षा
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ ।
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज
चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् ।
सहजै राहदानी पाउँदा सेवाग्राही खुशी
उदयपुरका हेमकुमार विश्वकर्मा मन्द मुस्कानका साथ त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा भेटिनुभयो। उहाँको हातमा राहदानी थियो। तोकिएकै समयमै राहदानी प्राप्त गर्दा उहाँ खुशी हुनुभएको हो।
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।
गाँजाको विकल्पमा कफी खेती
अवैध भए पनि गाँजा खेती गर्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरेका चन्द्रमान प्रजाले गाँजाको विकल्पमा कफी खेती सुरु गर्नुभएको छ।
काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान
डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक
चितवन घुम्न आउने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षमा उच्च रहेको छ । कोरोना सङ्क्रमणको समयपछि सबैभन्दा धेरै पर्यटक आव २०७९/८० को असारसम्म आएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत आवमा निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या तीन लाखनजिक पुगेको जानकारी दिनुभयो ।
जसपाले फेर्यो झन्डा र लोगो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लाग्दै : सीआईबी
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।
सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
धादिङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
पार्टीको सदस्य सङ्ख्या घटेको छैन : एमाले
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
सूचना प्रविधिको प्रयोगको दायरा बढाउन स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोग दायरा बढाउन आग्रह गर्नुभयो ।
त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजश्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।
विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा जोख्न पुर्याइएको छ ।
तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग
सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ ।
राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्नुपर्छः सांसद शर्मा
राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
कांग्रेस बैठक तेस्रो दिन जारी : नेतृत्व परिवर्तन बेमौसमी बाजा
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।
प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइनेछ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।