बूढीगण्डकी जलविद्युत आयोजना : प्रधानमन्त्रीले बुधबार फिल्ड कार्यालय उद्घाटन गर्नुहुने
लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुहुने भएको छ ।
स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट
काठमाडौं महानगरपालिका ‘स्वीस टूटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो ।
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रता
मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्त्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।
उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसँगिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
अधिकमास अर्थात् मलमास सुरु
साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुँदै
ललिता निवास प्रकरण बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (मङ्गलबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (फोटो फिचर)
थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर
पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।
सेवाग्राहीसँग व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । काठमाडौँ महानगरपालिका भित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने जनाएको छ ।
आजको मौसम : यी प्रदेशमा भइरहेको छ वर्षा
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएकाे छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मत्स्यनारायण मन्दिर चन्द्रागिरीमा पुरुषोत्तम मेला सुरु
अतिरिक्त महिना मलमास आज (मङ्गलबार)बाट सुरु भएर साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।
विपन्न बालबालिकालाई पोशाक वितरण
समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो ।
तोकिएको भाडा मात्रै लिन निर्देशन
रामेछापको सदरमुकाम मन्थली बजारको मूल सडकमा अब सवारी पार्किङ गर्न नपाइने भएको छ। यसअघि दुई नगरपालिका र छ वटा गाउँपालिकाको केन्द्र मन्थली बजारको मुख्य सडकमै मोटरसाइकल तथा साना चारपाङ्ग्र्रे सवारीसाधन पार्किङ हुँदै आएका थिए। आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले मन्थली बजार क्षेत्रको मूल सडकमा गरिँदै आएको पार्किङ हटाउने निर्णय गरेको हो।
लक्ष्यभन्दा धेरै मुद्दा फर्स्योट
उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका मुद्दा शून्य रहेको छ । आव २०७९/८० बाट चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्दामध्ये १८ महिना कटेको मुद्दा एउटा मात्र रहेको हेटौँडा इजलासले जनाएको छ । हेटौँडा इजलासका अनुसार आव २०७८/७९ बाट आव २०७९/८० मा सरेर आएका ५४५ र आव २०७९/८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ मुद्दा रहेकामा ७५.३६ प्रतिशत अर्थात् एक हजार ३१२ वटा मुद्दा फस्र्योट भएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो ।
अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।