ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो
ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
ज्यान मुद्दाका सम्राट् शेरचन पक्राउ
वि.सं. २०६६ मा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी सम्राट् शेरचन प्रहरीले पक्राउ गरेको छ ।
भद्राकुमारी घलेको घरमा डोजर चल्यो
काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो । महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
कक्षा १२ को नतिजा साउन अन्तिममा आउने
यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको यात्रुसँग दुई मिनेट कार्यक्रम’
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
विद्यालय शिक्षा ऐन मन्त्रिपरिषदमा विचाराधीन छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो ।
सुनको मूल्य बढ्यो
बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको हो ।
प्रदेश समितिलाई उपेक्षा गरे पार्टी सङ्गठन कमजोर बन्छ : सभापति शर्मा
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
असारे विकासको विकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ ।
सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।
मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।
देवघाटमा ढुङ्गेधारा निर्माण
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।
प्रधानमन्त्री प्रचण्ड इटाली जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जानुहुने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
फेरि बल्झियो फोहोरको समस्या
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको छ। नुवाकोटको ककनी नगरपालिका र धादिङको धुनिबेँसी गाउँ पालिकाका स्थानीयवासीले बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जनका लागि सोमबार फोहोर लिएर गएका गाडीलाई बाटैमा रोकेपछि फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको हो।
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
अतिक्रमित सरकारी जग्गा भाडामा
हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको जग्गा अतिक्रमणमा परेको छ। क्लब र केही व्यक्तिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएको पाइएको हो।
झोलुङ्गे पुलले सहज
वर्षौंदेखि पुल अभावले आउजाउमा समस्या भोगिरहेका सिन्धुपाल्चोकका दुर्गम क्षेत्रका स्थानीयलाई झोलुङ्गे पुल निर्माण भएपछि आवागमन सहज भएको छ। बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने ३४९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएको छ। बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले उक्त झोलुङ्गे पुल निर्माण हुँदा हिमाली क्षेत्रका स्थानीयलाई सहज भएको बताउनुभयो।
भौतिक मन्त्रालय ६६ प्रतिशत विकास खर्च गर्न सफल : सचिव केशवकुमार शर्मा
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास खर्च नहुने समस्याहरु समाधानका लागि सबै क्षेत्र सहभागि भई छलफल र बहस गर्नुपर्ने धारणा औंल्याउनुभयो ।
‘थप जिम्मेवार हुन प्रेरणा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनको शोकमा सबैको साथ र सद्भावले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस पनि गराएको छ ।”
दैनिक तीन लाख लिटर दुध बढी
केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ । गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दुध उत्पादन घटेको छ । तैपनि डेरीवालासँग बढी भएको दुध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।
नक्कली बाबुआमा बनाएर नागरिकता सिफारिस गरेको दाबी
वडा कार्यालयमा छाडेको नागरिकताको दुरुपयोग गर्दै वडाध्यक्षले नक्कली छोरीको नागरिकता बनाउन सिफारिस गरेको पाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका–१ का दम्पतीले आफूहरू बुवाआमा भनेर उल्लेख गरी जारी भएको नागरिकताको खारेजी माग राख्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा जाहेरी दिएका छन्। वंशजकै आधारमा आफ्नो हुँदै नभएको छोरीको नाममा नागरिकता बनेको सुनेपछि उनीहरू सहयोग खोज्दै प्रशासनमा आइपुगेका हुन्।
स्थानीय तहले ल्याए आकर्षक कार्यक्रम
स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आकर्षक कार्यक्रम समावेश गरेका छन्। कतिपय पालिकाले स्थानीय नागरिकलाई मनै लोभ्याउने गरी नीति र कार्यक्रम बनाएका छन्। कतिपय स्थानीय तहले पालिकामै सिप र पालिकामै रोजगारी सिर्जना गर्ने गरी नीति र कार्यक्रम बनाएका छन्। अधिकांश पालिकाको नीति र कार्यक्रम भने स्थानीय नागरिकलाई आफ्नै पालिकामा रमाएर बस्ने वातावरण तयार गर्ने गरी सबैलाई समेट्ने प्रकृतिका नीति कार्यक्रम बनाएका छन्। मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउने व्यक्तिलाई घर उ