शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो ।
महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।