• ११ वैशाख २०८१, मङ्गलबार

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

blog

काठमाडौं, साउन ३ गते । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बना लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बना लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो ।यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बना ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिका बारेमा स्पष्ट पारिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताउनुभयो ।

‘‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनिसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं ।,’’ प्रमुख मरासिनिले भन्नुभयो, ‘‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं, ललितपुर, भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसँग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमा पनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’’

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण देखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण देखिएको छ ।’’

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताउनुभयो । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरिपरि पानी जमेको ठाउँको नष्ट गर्ने जानकारी दिनुभयो । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताउनुभयो । अहिले पनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उहाँको भनाइ छ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मनसुन बढेसँगै डेंगुका बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।

‘‘प्रदेश र सङ्घ सरकारबीच समन्वय राम्रो छ । उहाँहरुसँग हामीले छलफल गरिरहेका छौं । स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरुसँग हामीले समन्वय गरेका छौं । यद्यपी यसको गम्भीरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरुमा जानकारी नभएको हुनसक्छ । हामी सबैको प्राथमिकता के हो भने डेंगु सार्ने लामखुट्टेको वृत्ति विकास सङ्लो पानीमा हुन्छ । थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ । त्यसकारण प्रत्येक दिन हाम्रो घर आँगन, कार्यालय वरिपरि घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ ।,’’ उहाँले थप्नुभयो, ‘‘डेंगु वर्षायामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाटयो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गतवर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगु सङ्क्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिब तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।’’

डा.मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताउनुभयो । लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पुर्‍य fउनुपर्ने जानकारी दिनुभयो । डेंगु सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरु पनि ;तर्क र सुदृढ हुन जरुरी रहेको औंल्याउनुभयो ।

‘‘डेंगु रोकथाम नै नभएको भन्ने त होइन । यो सरुवा रोग हो । हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ । अपेक्षाकृत रुपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो । अस्पतालहरु पनि सुदृढ हुन जरुरी छ । उपचार पनि सहज हुन जरुरी छ । बिरामीहरुलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरु सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ ? र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरुको सचेतना पुग्दैन । तवसम्म नियन्त्रणको काम जटिल हुन्छ,’’ उहाँले भन्नुभयो ।

डेंगु सङ्क्रमणको पछिल्लो अवस्थाबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । डा.पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको सङ्क्रमण थप फैलिनबाट रोक्न सकिने बताउनुभयो । उहाँले वर्षेनी डेंगुको सङ्क्रमण बढीरहेकाले सरकार र आम नागरिकहरु पनि यसमा सचेत हुन जरुरी रहेको बताउनुभयो । डेंगु जोखिम शहरी इलाकामा बढी हुने उहाँको भनाइ छ ।

‘‘डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान महत्त्वपूर्ण मानिन्छ । यो अभियानलाई कार्ययोजना नै बनाएर अघि बढ्नसक्यौं भने त एकदमै राम्रो हुन्छ नै । सर्वसाधारणले पनि जथाभावी ड्रम फाल्ने, लामखुट्टे बस्ने वातावरण सृजना गर्नुभएन । निरन्तर बगिरहने पानीमा लामखुट्टेले वृत्ति विकास गर्न सक्दैन । नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । र सम्भवतः अहिले लार्भा देखिरहेको अवस्था छ । यसलाई हामीले जसरी हुन्छ नष्ट गर्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘डेंगु जोखिम शहरी इलाकामा बढी हुन्छ । मुख्यतः अव्यवस्थीत शहरीकरणले डेंगु जोखिम निम्त्याउँछ । यस्तै ग्यारेजमा फालेका टायरहरु राखिन्छन् ।  फालेका टायरहरु नम्बर वान लामखुट्टेका लागि स्वर्ग जस्तै हो । वृत्ति विकास हुन्छ । त्यहाँबाट नै लामखुट्टेहरु तपाइँ हाम्रो घरघरमा आइपुग्छ ।’’

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु सङ्क्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गतवर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट सङ्क्रमित भएका थिए । डेंगु सङ्क्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको छ ।

उहाँले भन्नुभयो, ‘‘आगामी वर्षपनि यो जोखिम निरन्तर हुने देखिन्छ । डेंगुको जोखिम गत वर्ष काठमाडौं शहरमा देखिएसँगै यो पटक कुनै नयाँ शहरमा नहोला भन्न सकिन्न । लामखुट्टेले विस्तारै ठाउँ विस्तार गर्दैछ । पहिले तराईतिर देखिन्थ्यो । विस्तारै अहिले पहाडतिर सर्दै गएको छ । लामखुट्टेले यदी बसाइसराई गर्‍यो भने यसको जोखिम आगामी दिनमा थप बढ्दै जाने देखिन्छ । हरेक वर्ष हामी डेंगुको ठूलै जोखिममा रहन्छौ भन्ने हो । लामखुट्टेको टोकाइबाट बच्ने भनेको लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु हो । लामखुट्टे बस्ने वातावरण भनेको खाल्डाखुल्डी अव्यवस्थित वातावरण, फालिएको ड्रम, पुराना टायर, घरघरमा गमला राख्ने ठाउँ हो । पानी जम्ने वातावरणमा लामखुट्टे रहन्छ । डेंगु नलाग्नु भनेको डेंगु बस्ने वातावरण नै नष्ट गर्नु हो ।’’

डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा.पुनको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘सन् २००४ मा सर्वप्रथम एक जनामा डेंगु देखियो । तत्पश्चात् हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्षपनि डेंगुको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।’’

लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने बताउनुभयो । डेंगु सङ्क्रमण भइहाले र लक्षण देखिहाले चिकित्सकको परामर्श लिनुपर्ने जानकारी दिनुभयो । डेंगु सङ्क्रमण भइहाले ज्वरो आउने टाउको दुख्ने जस्ता लक्षण देखिने बताउनुभयो । डेंगुले जटिल अवस्था ल्याउने सम्भावना रहेको भए समयमै उपचार प्राप्त हुने बताउनुभयो ।

पुनले भन्नुभयो, ‘‘सन् २०१९ मा धेरै मानिसमा रक्तश्रावको समस्या थिएन । डेंगुमा जटिलताको तह छ । ज्वरो आउने, ज्यु दुख्ने, आँखाको गेडि खस्ला जस्तो हुने, मांसपेशी दुख्ने, शरीरमा बिमिराहरु आउने, आँखा रातो हुने, वाकवाकी लाग्ने डेंगुका प्रारम्भिक लक्षण हुन् । केही प्रतिशतलाई थप जटिलता देखिन सक्छ । त्यो विशेष गरेर पूर्ण सङ्क्रमित भएर फरक सेरोटाइपले सङ्क्रमित गर्नु हो । ती व्यक्तिहरुमा रक्तश्राव देखिन थाल्छ । सन् २०१९ मा पनि काठमाडौंमा धेरै फैलिएको हो । सन् २०२२ मा म लगायत केहि डाक्टर सावले के महसुस गर्नुभयो भने धेरै मानिसमा रक्तश्राव देखियो । नाकबाट, गिजाबाट या विभिन्न स्वरुपमा होला ।,’’ पुनले भन्नुभयो, ‘‘आगामी वर्ष डेंगुको जोखिम झनै बढ्दो देख्छु म । किनभने लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइँसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो हाम्रो लागि अझ जटिल अवस्था हुन सक्छ । मेरो अनुभव तः पुससम्म देखेको छु । डेंगु पूरै मनसुनभर नै फैलिएको देखिन्छ । यदी त्यो नभए पनि कुनैकुनै पकेट एरियामा देखिन सक्छ ।’’

डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।