देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा सुनुवाइ जारी
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा जारी रहेको छ ।
नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उहाँले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताउनुभयो ।
सेनेटरी प्याड न्यून गुणस्तर भएकोप्रति महानगरको ध्यानाकर्षण
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । उहाँ यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते
नारायणगढ मुग्लिन सडकको चौधकिलोमा मङ्गलवार बिहान बस र ट्रक एक आपसमा ठक्कर खादा ११ जना यात्रु घाइते भएका छन् ।
झन्डै चार करोड अनुदान खर्च भएन
किसानका लागि आएको अनुदानको तीन करोड ८४ लाख रुपियाँ फ्रिज भएको छ । जटिल कार्यविधि तथा अव्यावहारिक निर्देशिकाका कारण किसानका लागि आएको अनुदान रकम फ्रिज भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अधिकृत सुरुचि त्रिपाठीले कार्यविधि नबन्ने, अव्यावहारिक निर्देशिकालगायतका कारण अनुदान रकम उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
छ वडा कार्यालय भवन निर्माणाधीन
रामेछापको मन्थली नगरपालिका–८ को वडा कार्यालय भवन निर्माण भइरहेको छ। पुरानो कच्ची भवन भत्काएर सोही स्थानमा सङ्घीय सरकारको लगानीमा पक्की भवन निर्माण भइरहेको हो। सङ्घीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीमार्फत वडा कार्यालय भवन निर्माणको काम भइरहेको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो। “सङ्घीय सरकारको करिब दुई करोड रुपियाँमा वडा कार्यालय भवन निर्माण भइरहेको छ, अहिले दोस्रो ढलान गर्ने तयारी हुँदै छ, असोज मसान्तसम्म भवन निर्माण पूरा गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो।
पहिरो खसेपछि मुग्लिङ नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
बाघबाट गैँडाका बच्चा जोगाउन चुनौती
पर्यटकीय नगरी सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा अहिले तीन वटा केटा (गैँडाका बच्चा) हुर्कंदै छन्। गत जेठ २१ गते बाघमारा सामुदायिक वन क्षेत्रबाट करिब एक महिना उमेरको केटो, बेलसहर सामुदायिक वन देवनगरबाट असार १ गते भेटिएको करिब डेढ महिनाको केटो र गत वर्ष कात्तिक १६ गते सौराहा नजिकै खोरसोर क्षेत्रबाट एक महिनाको केटीलाई उद्धार गरी कोषमा संरक्षण गरिएको हो।
सङ्कटमा बागमती तटीय बस्ती
बकैया गाउँपालिका–१२, ठिङ्गनबेँसीका ५७ वर्षीय कमल घले २० वर्षअघिसम्म बागमती नदी किनारमा तीन चारवटा पानी घट्ट चलाउनुहुन्थ्यो। घट्टमा मकै, कोदो पिसेर पाएको ज्याला र बागमती नदीमा मारेको माछा बेचेर सात जनाको परिवार पालिएका थिए। अहिले अवस्था त्यस्तो छैन, नदी प्रदूषित र दुर्गन्धित हुँदै गएपछि उहाँको पानी घट्टको व्यवसाय बन्द भयो भने खोलामा माछा पनि पाइन छाडे।
१० वटा फार्मेसी सिल, दुई दर्जनलाई सचेत पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाउनु भएको थियो ।
महिला उद्यमीका सामग्रीको बजारीकरणबारे छलफल
ललितपुर महानगरका महिला उद्यमीका समस्या, अवसर, उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल गरिएको छ । ललितपुर महानगरपालिकाले सोमबार ‘तेस्रो महिला उद्यमी सम्मेलन’ को आयोजना गरेर देशको आर्थिक अवस्थामा टेवा पु-याइरहेका महिला उद्यमीले सामना गर्नुपर्ने समस्याबारे छलफल गरेको हो । सो महानगरका प्रमुख चिरीबाबु महर्जनले देश विकासमा टेवा पु-याउने माध्यम उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीबिच छलफलपछि प्राप्त निष्कर्षलाई महानगरले कार्ययोजनाका रूपमा कार्यान्वयनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उद्यमीलाई उद्यम गर्न महानगरले बिउ पुँजी दिने
ललितपुर महानगरले सोमबार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
निजी क्षेत्रका तीन प्रमुख संस्थाले नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
जनताका दैनिक समस्याको सम्बोधन हुनुपर्छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका दैनिक समस्याको विषयमा प्रस्ताव आउनुपर्ने बताउनुभयो ।
नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेट
सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।