• २२ असार २०८१, शनिबार

बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते

blog

वसन्त पराजुली

भरतपुर, साउन ९ गते । नारायणगढ मुग्लिन सडकको चौधकिलोमा मङ्गलवार बिहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा ११ जना यात्रु घाइते भएका छन् । 

बिहान करिब ७ः३५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.प.२९ चौधकिलो पुलमा  नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको रा१८ ख२२३६ नं।को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

घाइतेहरुको  पुरानो मेडिकल कलेजमा उपचार हुँदै सबैको अवस्था सामान्य । बस चालकको खुट्टा च्यापिएको प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिनुभयो ।

अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।