• ६ पुस २०८२, आइतबार

उपत्यकासहित चार प्रदेशमा हल्का वर्षा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख १४ गते। जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल काठमाडौं उपत्यकासहित बागमती, कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानका हल्का वर्ष भइरहेको बताएको छ।

महाशाखाले आइतबार साँझ जारी गरेको बुलेटिन अनुसार आइतबार राति सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशभर सोमबार र मङ्गलबार आंशिकदेखि साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।