• १५ मंसिर २०८१, शनिबार

कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : नेता कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला ।

काठमाडौँ, साउन ९ गते । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको बताउनुभयो । उहाँले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि जानकारी दिनुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठुलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली कांग्रेसको विकल्प अरु छैनन् नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’’

नेता कोइरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने बताउनुभयो ।